काठमाण्डौं भदौ १४ । नेपाल टेलिकमले जिएसएम मोबाइल प्रयोगकर्ताहरुका लागि बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ विहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ । सो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ ।
४५ रुपैयामा सय एमबी डाटा दिन दिन सम्मका लागि चलाउन मिल्ने र ९० रुपैयामा २ सय २५ एमबी डाटा सात दिन सम्म चलाउन सकिने गरीको नया अफर ल्याईएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा बैद्यले जानकारी दिनु भयो । डाटा सब्सक्राईब गर्नका लागि स्पेसियल २२५ एमबी लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने छ । उक्त अफर भदौ १६ देखि तीन महिना सम्म लागू हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline