काठमाडौं, भाद्र १४ । ‘ मिस टिन कलेज २०१६ ’ को उपाधि लिटिल एन्जल हात्तिवनमा कक्षा १२ को परिक्षा दिएर फुर्सदमा वसेकी १७ वर्षीया अदिति तुलाधरले यो वर्षको मिस टिन कलेजको ताज चुम्न सफल भइन भने उनले मिस पर्शनालीटि र वेष्ट स्टाइलिस अवार्ड पनि हात पारिन । मंगलवार साँझ राजधानीको नाचघर जमलमा सम्पन्न सो प्रतियोगितामा आफ्ना २७ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।
मिस टिन कलेज उपाधि जितेबापत उनले १६० हजार वरावरको स्कुटर ह्वाइट हाउस कलेज वानेशवरको तर्फवाट छात्रावृति ,फेशन सेन्टर भाटभटेनीको थर्फवाट १० हजार वरावरको साडी साथै नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट २५ हजार वरावरको एयरहोस्टेज तालीमको लागि छात्रावृति पनि हासिल गरिन ।
सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगितामा ‘फस्ट रनर अप’को उपाधि दक्षिणकाली फरपिङकी १७ वर्षिय प्रतिक्षा तामाङले जितिन् भने तामाङले उपाधिसँगै चिर्योस च्वाइस अवार्ड पनि हात पारिन भने एमआई मोवाइल फोन र क्याम्पीयन साउथवोेइस्टन कलेको तर्फवाटरु १ लाख वरावरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन भने नेपाल एयरहोस्टेज एकाडमीको तर्फवाट रु २५ हजारको निसुल्क तालिम साथै उनले विभिन्न उपहार प्राप्त गरिन् ।
कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि जेभीयर इन्टरनेशनल कलेजमा अध्ययनरत १७ वर्षीया प्रार्था वस्नेतले वाजी मारि । उनले उपाधिसँगै सिटिभि मोवाइल नेपाल एयरहोस्टेज एकाडमीको तर्फवाट रु २५ हजारको निसुल्क तालिम साथै उनले विभिन्न उपहार प्राप्त गरेकी थिईन् भने वस्नेतले क्रियटिभ अर्वाड ’को उपाधि पनि सो प्रतियोगितामा हात पारिन ।
त्यस्तै गरि रेडन कलेज सामाखुसीमा कक्षा ११मा अध्ययनरत सोनाम खड्गी थर्ड रनरअप र सेन्टलरेनस कलेज चावहीलमा कक्षा १२ मा अध्ययनरत वर्षा वस्नेत फोर्थ रनरप भइन उनीहरु दुवैले सिटिभि मोवाइलको तर्फवाट मोवाइलफोन र नेपाल एयरहोस्टेज एकाडमीको तर्फवाट रु २५ हजारको निसुल्क तालिम प्राप्त गरिन् ।
कार्यक्रमको निर्णायकमा हिमालयन हवाइट हाउसका प्रेसिडेन्ट युवराज सर्मा, क्याम्पीयन एकाडमीका प्रिन्सीपल नविनमान श्रेष्ठ , नायक आयुस रिजाल सन्चारकर्मी नारायण पौडेयाल मिस इकलेज २०१० की सेकेन्ड रनरअप नमिता आचार्य , लिरिल फ्रेश २०१५की विजेता शिक्षा सौगौला आरजे भिजे तथा मोडल सन्ध्या केसी थिए ।
मिस टिन कलेज २०१६ सँस्करण’मा अन्य विभिन्न उपाधि पनि राखिएको थियो । जस अन्तर्गत व्युटिफुल आईजको उपाधि नविना मर्हजन अर्गनाईजर च्वाईस अवार्ड रविना खरेल, वेष्ट स्कीनकोे उपाधि रेजीना खड्का ,मिस डिसिप्लेन’को उपाधि निसा राउत , मिस फेन्डसिप आचल धामी , बेष्ट वाक अनिसा श्रेष्ठ , मिस हेल्दी स्माइल सुस्मा श्रेष्ठ यस्तै मिस फोटोजेनिकको उपाधि आरती लामा ,मिस पपुलर अवार्ड अनु केसी ,मिस ट्यालेन्ट सिर्जना राउत,मिस इनोसेन्ट रुष्मा तामाङ,फेशवुक अवार्ड साक्षि प्याकुरेल, मिस फिटनेश सम्झौता राई ,सोसल अर्वाड स्वस्तीका अधीकारी,वेष्ट हेयर कल्यानी श्रेष्ठ र मिस लिडरसिप उर्मीला श्रेष्ठ जित्न सफल भइन ।
कलेज स्तरमा अध्ययनरत १५ देखि १९ वर्ष सम्मको किशोरीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि सिजन मिडियाले गत ४ वर्ष देखि निरन्तर यो प्रतियोगिता गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष प्रदीपराज वन्तले कार्यक्रममा बताए । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । सो कार्यक्रममा मनोरञ्जन प्रधान तुल्याउन विभिन्न कलाकारले नृत्य एवँ गीत समेत प्रस्तुत गरेका थिए ।
