८ भदौ, काठमाडौं । गायक आस्मान लोप्चनद्वारा आवाजबद्ध लोक सेलो ‘हिमालपारीको गाउँमा, शेर्पीनी कान्छीको ठाउँमा’ बोलको गीत भिडियोआएको छ । उनको सो गीत सिन्धुपाल्चोकको फुस्रेमा छायाङ्कन गरिएको हो । म्युजिक भिडियोलाई बुद्ध लामा ‘तितुङ’ ले निर्देशन गरेका छन् भने कलाकार कुमार बोम्जनले यहि भिडियो मार्फत मोडलिङ क्षेत्रमा डेब्यू समेत गरेका छन् । त्यस्तै सेम्बा लामा, जस्मिन बोम्जन, लक्ष्मी गोलेले समेत भिडियोमा बोम्जनको साथ दिएका छन् । सेलाङमा पर्ने फुस्रेडाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण एवं आकर्षक रहेको तर त्यसले कुनै प्रचार पाउन नसकेको अवस्थामा सो स्थानमा लगि भिडियोको छायाङ्कन गरिएको निर्माण टोलीले जनाएको छ । जसले गर्दा फुस्रेडाँडालाई पर्यटकीय स्थलको रुपमा चिनाउन सकिने विश्वस निर्माण पक्षले लिएको छ । गायक लोप्चनको आफ्नै शब्द रहेको सो गीतले यस अघिनै स्रोताको मन छुन सफल भईसकेको थियो । भिडियो बनेपछि अझ स्रोता र दर्शकले मन पराउने आशा गायक लोप्चनको छ । ‘गीतले जस्तो भाव बोकेको छ त्यसलाई त्यहि परिवेशमा छायाङ्कन गरिएकोले बास्तविक बन्न पुगेको छ’, उनले भने– ‘जसका कारण स्रोता, दर्शकले मन पराई दिनुहुनेछ भन्ने आशा लिएको छु ।’ भीडियो हिमाल पारीको गाउँमा शेर्पीनी कान्छीलाई भेट्न गएको दृष्यबाट सुरु भएको छ । जसले गर्दा ग्रामिण पक्ष र त्यहाँको रितीरिवाज, संस्कृति समेटिएको निर्माण पक्षको दाबी छ । भिडियोलाई गोपाल बोम्जनले निर्माण गरेका हुन् । गायक लोप्चनको अघिल्लो गीत ‘आस्याङ्की छोरी क्या राम्री’ निक्कै चर्चित बनेको थियो । उनको दोस्रो गीत ‘हिमाल पारीको गाउँले’ पनि सो स्थान ओगट्ने समिक्षकहरुले बताएका छन् । आस्मान लोप्चन गायन, लेखन, नृत्य क्षेत्रका साथै सञ्चार क्षेत्रमा समेत क्रियाशिल छन् । सिन्धुपाल्चोकको बतासे– ८ मा जन्मिएका उनी गीत संगित मार्फत आफ्नो जिल्लालाई विश्वमा चिनाउन लागिपरिरहेका छन् । ‘हिमालपारीको गाउँमा, शेर्पीनी कान्छीको ठाउँमा’ गीतको भीडियो Ashman Lopchan search गरि अब यूट्युवमा हेर्न सकिने लोप्चनले जनाएको छ ।
https://www.youtube.com/watch?v=DXn-1ayfsR0