काठमाडौँ भदौ१३ ।
समसामयिक विषयवस्तुहरुलाई आधार बनाई त्यसलाई व्यङग्य मार्फत सन्देश दिने हास्य व्यङग्यात्मक शृंखला जोकरको तेस्रो भाग आइतबार रिलिज गरिएको छ । आईतबार युटुब मार्फत जोकरको तेस्रो भाग सार्बजनिक गरिएको हो ।
जोकरमा भोला दीप यात्री ,चन्द्र मणि मुडभरी ,रत्न बानियाँ ,धनश्याम मुडभरी, सुमित्रा भण्डारी ,बाबु राजा एसके ,लोकेश मुडभरी ,राजेश आचार्य , सबिता श्रेष्ठ , रोस्मित अधिकारी , इमी मगर, शिव कुमारी अर्याल पवन कुमार ढुंगाना लगायत कलाकारको अभिनय रहेको छ ।
हरेक आईतबार युटूब मार्फत सार्बजनिक गरीने हास्य शृंखला जोकर झरना फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
जोकर लाई बिकाश गन्धर्ब ले खिचेका हुन् भने संगीत बानियाले सम्पादित जोकरलाई युवा निर्देशक तथा संचारकर्मी भोला तिमल्सिना र चन्द्रमणि मुडभरीले निर्देशन गरेका हुन् ।
जोकरको अबको भागबाट विशेष परिबर्तन हुने समेत निर्देशक यात्रीले बताएका छन् ।
(भिडियो सहित)