बुटवल रंगाए प्युठानीहरुले… (फोटो फिचर)

बुटवल रंगाए प्युठानीहरुले… (फोटो फिचर)

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

नरेश के.सी. 

बुटवल, भदौं ६ । तराईमा गर्मिको उखरमाउलो चढ्दै गएको छ । यहि गर्मिलाई छल्न राता साडीमा सजिंएका चेलीहरु ढवाहाको अल नेपाल एकाडेमीमा जम्मा भएका थिए ।
कार्यक्रम थियो , प्युठान रुपन्देही रुपन्देही सम्पर्क मन्चले आयोजना गरेको दरखाने तथा विशेष सास्कृतिक कार्यक्रम । जहां प्युठानी दिदी बहिनीलाई नचाउन प्युठानी कलाकारहरु कम्मर कसेर लागेका थिए ।

kala 2
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका चर्चित कलाकार चन्द्र शर्माले पुरानो तीज गीत र केही लोकप्रीय लोक गीत गाएर जब कार्यक्रमको उद्घाटन गरे सम्पुर्ण उपस्थीति रोमान्चक हुदैं नाच्न थाले । शर्माले फालि सक्यो कति साबुनले धोइरहने हो … भन्ने पुरानो तीज गीत गाएका थिए । यसैगरी उनले अहिले चर्चामा आएको नयां गीत चम चम चमकने तारा गीत गाएका थिए । प्युठानको पुजा गाविस जन्मथलो भएका शर्माले विदाई हुने बेला चरी भए आउथें उडेर भन्दा सबै उत्साहित भएका थिए ।

kala 3

शर्मा लगत्तै ओखरकोटका प्रचन्ड जि.सी.ले पढ्ने बेला पढ केटा हो …, धर्मवतीका सन्जय सौगातले अहिलेको तीजमा.. फोप्लीका दिपु मगरले सरर सारी सर्र्काइदेऊ… जस्ता लोकप्रीय आफुले नै स्वर दिएका गीत गाउदा प्युठानीहरु अत्यन्तै खुसी भएका थिए ।

कार्यक्रममा प्युठानी कलाकार मात्रै नभएर चर्चाका कलाकार विष्णु जी पाण्डे माइलाबाले ठट्यौंली पाराको गीत गाउदां पसिनाले निथ्रुक्कै भिजेकाहरु पेट मिची मिची हासीरहेका देखिन्थे । कार्यक्रममा रौनकता थप्दै कलाकार शिलु भट्टराईले भंगेरी चरीले…विष्णु श्रीपालीले धन्य केपी दाई… नारयण विपी परियारले पैसाको के दुखः… गीत गाएर प्युठानबाट बसाई सराई गरी वा अन्य कामको शिलशिलामा रुपन्देहीमा बसोबास गर्ने प्युठानीहरुको भीडलाई नचाएका थिए ।

kala 4

एकाडेमीको हलमा रक्ताम्य साडीमा सजिंएर आएका चेलीहरुलाई बादिंकोट घर भएकी चर्चित नृत्यकार पवित्रा थापाले रिमीक्स तीज गीतमा परम्परागत देखी आधुनिक पाराका गीतमा नृत्य प्रस्तुत गर्दा दर्शक दिर्घाका सबै रोमान्चीत हुदैं तालीको गडगडाहटले उनलाई सम्मान गरिरहेका थिए । यसरी भदौंको पहिलो शनिबार प्युठानीहरुले रुपन्देहीलाई रंगीन बनाए ।

kala 5

सास्कृतिक कार्यक्रममा बहुचर्चित उद्घोषक बादिकोट प्युठानका जे.बी क्षेत्रीले कार्यक्रमको सन्चालन गरिरहदा हल नै उल्लासमय भएको थियो ।
सास्कृतिक कार्यक्रम अघि मन्चका अध्यक्ष लोकराज शर्माको अध्यक्षता सचिव बाबुराम एमसीको सन्चालन तथा राष्टिय लोक दोहरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा तीजको सास्कृति महत्वको बारेमा चर्चा भएको थियो ।

कार्यक्रममा प्युठान घर भई रुपन्देही कर्मथलो भएकाहरु संस्कृतिवीद प्रा.डा. गितु गिरी, मन्चका संस्थापक अध्यक्ष पदम जि.सी, प्रेस चौतारीका केन्द्रिय सचिव भरत के.सी, प्रगतीशिल पत्रकार संघका अध्यक्ष श्याम पोखरेल, नेकपा माओवादी केन्द्रका नेता चोपलाल आचार्य, पुरन गुरुंग, लुम्बिनी प्रेस क्लबका महासचिव नरेश के.सी, बरिष्ठ पत्रकार बसन्त पोखरेल, प्रदीप जि.सी, गणेश जि.सी, चित्र बहादुर जि.सी.लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

kala 6
कार्यक्रममा करिब २ सय भन्दा बढी दिदी बहिनीहरुको सहभागीता रहेको सचिव महतले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी