भुकम्पपिडितलाई ५ लाख दिन बाबुरामको माग

भुकम्पपिडितलाई ५ लाख दिन बाबुरामको माग

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

गोरखा, साउन ३२ ।

पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भुकम्पपिडितलाई एकमुष्ठ पाच लाख रुपैया अनुदान रकम उपलब्ध गराउन माग गर्नुभएको छ ।

गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तरक्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि दुई लाख रुपैयाँको सट्टा पाँच लाखकादरले अनुदान रकम वितरण गर्न आग्रह गर्नुभएको हो ।

गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएकामा भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाउनु भयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो ,‘पचासथरिका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन’ पाँच लाखकादरले अनुदान दिने र न्यूनतम् ब्याजमा ऋण दिने व्यवस्था गरियो भनेमात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन् ।

सरकारले ५० हजारकादरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जगखन्न पनि नपुग्ने भन्दै उहाले संसदबाट अधिकारसम्पन्न प्राधिकरण बनाएर पुननिर्माणको काम प्रभाबकारी रुपमा अघि बढाउन सरकारलाई सुझाव समेत दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी