काठमाडौँ साउन ३१।
हास्य शृंखला जोकरको औपचारिक रुपमा युट्युव मार्फत रिलिज गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमका बीच हास्य शृंखला जोकर सार्बजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै हास्य शृंखला जोकरका कलाकार तथा निर्माता रत्न बानियाले युवा साथीहरुको केहि गरौ भन्ने सोच लाई सार्थक बनाउन जोकर तयार पारेको बताउनु भयो ।
निर्देशक एबम कलाकार भोला दीप यात्री ले आफ्नो लामो समयको संचार क्षेत्रको अनुभब तथा म्युजिक भिडियोहरु निर्माणको भोगईहरुले आफुलाई यस तर्फ जागरुक बनाएको प्रतिक्रिया दिनु भएको छ ।
“हामीले पहिलो पाईला उठाएका छौ , दोस्रो खुड्किलो हाम्रा दर्शक श्रोता हुन् ,त्यसकारण दर्शक श्रोताको सल्लाह सुझाबलाई सिरोपर गर्दै आगामी दिन मा तपाईहरुलाई अझ राम्रो काम पस्कन पाउनेमा मैले विश्वास लिएको छु ।“ उहाँले भन्नु भयो ।
अर्का कलाकार तथा निर्देशक चन्द्रमणि मुडभरीले जोकरका प्रत्येक अंकले दर्शकलाई भरपुर मनोरन्जन दिने विश्वास व्यक्त गरेका छन । कार्यक्रममा जोकरका कलाकारहरुले काम गरिरहदाको बखतका अनुभब साटासाट गरेका थिए ।
जोकरमा भोला दीप यात्री ,चन्द्र मणि मुडभरी ,रत्न बानियाँ ,धनश्याम मुडभरी, सुमित्रा भण्डारी ,बाबु राजा एस.के. ,लोकेश मुडभरी ,राजेश आचार्य , सबिता श्रेष्ठ , रोस्मित अधिकारी , इमी मगर, शिव कुमारी अर्याल लगायत कलाकारको अभिनय रहेको छ।
हरेक आईतबार युटूब मार्फत सार्बजनिक गरीने हास्य शृंखला जोकर झरना फिल्मसको प्रस्तुति हो । जोकर लाई बिकाश गन्धर्ब ले खिचेका हुन् भने संगीत बानियाले सम्पादन गरेका हुन् ।
(भिडियो सहित)