काठमाडौ २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपाल ९४ रनमा अलआउट भएको छ ।
नेदरल्याण्डको भीआरएन टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३८ दशमलव १ ओभरमा ९४ रनमात्र बनाउन सक्यो ।
नेपालका चार ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सके । अनिल मण्डलले २०, शरद भेषावकरले १४, सोमपाल कामीले १२ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।
कप्तान पारस खड्का पहिलो बलमै नै आउट भए । सागर पुन ७, राजु रिजाल ३, विनोद भण्डारी ९, सन्दिप लामिछाने १ रनमा पभेलियन फर्किएका छन् । करण केसी शून्यमै आउट भए । नेदरल्याण्ड्ले जवाफि बयाटिङ शुरु गरेको छ । अहिले………..
यसअघि गएको बिहीबार भएको अभ्यास खेलमा नेपाली टोली नेदरल्याण्ड्स ‘ए’ सँग ८८ रनमै अलआउट भएको थियो ।
प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् ।