आज देखि लागु हुने गरी लोडसेडिङ घट्यो

आज देखि लागु हुने गरी लोडसेडिङ घट्यो

  • बिहिबार, साउन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, साउन २७।

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । आज देखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

अबदेखि एक दिन ६ घण्टा, तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा र एक दिन ७ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले परिस्थिति प्रतिकुल र अनुकुल भएका एक घण्टा लोडसेडिङ थपघट हुन सक्ने जनाएको छ ।

यस्तै बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण सकेसम्म बन्द गरी लोडसेडिङ न्युनिकरणमा सहयोग गर्न पनि प्राधिकरणले सबैसँग आग्रह गरेको छ ।

यसै विच ऊर्जा मन्त्रालयले लोडसेडिङ घटाउने सम्बन्धि तयार पारेको पाँच बुदे कार्ययोजना आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने तयारी गरेको छ ।

प्रधानमन्त्री दाहालले सबै मन्त्रालयलाई योजना ल्याउन निर्देशन दिएपछि ऊर्जाले पाँच बुँदामा आगामी हिउद देखि लोडसेडिङ दैनिक सात घण्टामा झार्ने गरीे कार्ययोजना तयार गरेको हो ।

ऊर्जा सचिव सुमनप्रसाद शर्माले लोडसेडिङ न्यूनीकरणलाई प्राथमिकता दिएर कार्ययोजना निर्माण गरिएको जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ