पर्यटन बोर्डको बजेट १ अर्ब १२ करोड

पर्यटन बोर्डको बजेट १ अर्ब १२ करोड

  • बिहिबार, साउन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौं ,श्रावण २६ ।

नेपाललाई अन्तराष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उदेश्यले स्थापना गरिएको पर्यटन बोर्डले चालु आर्थिक वर्षका लागि १ अर्ब १२ करोड रुपैया हाराहारीको बजेट ल्याएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीका अनुसार, यो गत वर्षको बजेटको दाजोमा २८ करोड बढी हो । गत वर्ष माघमा पारित भएको बोर्डको बजेट ८४ करोड हाराहारी थियो । त्यस वर्ष बोर्डले विनियोजन गरेको कुल बजेटको ७० प्रतिशत हाराहारी मात्रै खर्च गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत जोशीका अनुसार, बोर्डले जनसम्र्पक/प्रचारप्रसारकालागी २७ करोड ५० लाख विनियोजन गरेको छ । यस वर्ष नेपालको प्राकृतिक तथा साँस्कृतिक सम्पदाको बेलायती संचारमाध्यम बिबिसीमार्फत प्रचार गराउन ९ करोड रुपैया विनियोजन गरिएको छ । त्यसैगरी अमेरिकन ट्राभल वेभसाइट ट्रिपएडभाइजरमार्फत नेपालको प्रचार गर्न साढे २ करोड बजेट छुट्याइएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्डको संचालक समितिले यस वर्षदेखी नेपाललाई डिजिटल मिडियामार्फत पनि मार्केटीङ्ग गर्ने भएको छ । यस्कालागी १ करोड ८० लाख रुपैया विनियोजन गरिएको छ । ‘यस वर्षदेखी हामीले प्रचारको शैलीलाई डिजिटल माध्यममा सिफ्ट गरेका छौं,’ सिइओ जोशीले भने । त्यसैगरी विश्वभर २० हजार बढी संस्थासँग सञ्जाल भएको रोयटर्समार्फत नेपालबारे सकारात्मक सामाग्री प्रचार गराउन ८० लाख रुपैया विनियोजन गरिएको छ ।

पछिल्लोपटक नेपालमा अत्याधिक मेला/मोहत्सव हुनेक्रम बढेकाले यस्का आयोजकहरुले पर्यटन बोर्डसँग बजेट माग्ने गरेका छन् । यस्ता आन्तरिक कार्यक्रमकालागी १ करोड रुपैया छुट्याइएको छ । बोर्डले यस वर्षदेखी मध्यपूर्वी मूलुकहरुमा पनि आक्रामश शैलीमा प्रचार प्रसार गर्ने उदेश्य राखेको छ । ‘हामी यस वर्ष गल्फ मुलुकतीर पनि प्रवेश गर्ने छौं,’ जोशीले भने, ‘त्यहा पैसा भएका युवाहरु प्रकृतीको खोजी गरिरहेका छन, दोस्रो कुरा त्यहा ठूलो भारतीय समुदाय छ अनि अन्य मुलुकका विज्ञहरु पनि गल्फमा छन्, जस्लाई नेपाल ल्याउन हामी त्यहा कार्यक्रम गर्ने छौं ।’ भारत, चीन र गल्फ मुलुकको कार्यक्रमकालागी २३ करोड रुपैया विनियोजन गरिएको छ । बोर्डले यस वर्ष रसीया, भियतनाम र कमबोडीया पनि छिर्ने भनेको छ । त्यसैगरी पूर्वी युरोपको भियाना, पोल्याण्ड र चेकरिपब्लिकमा नेपालको प्रचार गर्ने कार्यक्रम राखिएको छ । यसै अन्र्तगत चीन र भारतमा पब्लिसीटीकालागी पनि ५ करोड विनियोजन गरिएको छ ।

०५३ सालमा स्वशासित संस्थाका रुपमा स्थापना गरिएको बोर्डले प्रचार, प्रसारबाहेक पर्यटकीय पूर्वाधारमा पनि बजेट खर्च गर्छ । पदमार्ग मर्मत, सम्भार, साइनेज, धार्मिक स्थलको मर्मत आदीकालागी पनि बार्डले बजेट विनियोजन गरेको छ । त्यसैगरी यस वर्ष घोषणा गरिएको घुमफिर वर्षकालागी १ करोड १५ लाख रुपैया बजेट तोकिएको छ । पर्यटकिय क्षेत्रको अनुसन्धान अध्ययनकालागी २ करोड छुट्याइएको छ ।

पोखरामा क्षेत्रिय कार्यालय रहेको बोर्डले त्यहाकालागी २ करोड बजेट राखेको छ । बोर्डको मुख्य आम्दानी नेपाल आउने प्रर्यटकहरुको अन्तराष्ट्रिय टिकटबाट १ हजार रुपैया र आन्तरिक घुमफिरमा जाने पर्यटकहरुलाई दिइने टिम्स कार्डबाट प्रति पर्यटक १५ र २० डलर संकलन गर्छ । यस वर्ष बोर्डले ६ लाख ७५ हजार पर्यटक नेपाल घुम्न आउने अनुमान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी