काठमान्डौ,साउन २६।
सामाजिक बिसयाबस्तु लाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिने कमेडी शो जोकरको ट्रेलर रिलिज गरिएको छ ।
सामाजिक कथा बस्तुलाई व्यग्यात्मक रुपमा उठान गर्ने शोलाई भोला तिमल्सिना र चन्द्रमणि मुडभरिले निर्देशन गरेका हुन् । रत्न बानियाको परिकल्पनामा तयार पारिएको जोकरमा निर्देशक द्वय भोला र चन्द्रमणि केंद्रिय भूमिका मा छन् ।
साथै सिरियलमा रत्न बानिया , रोस्मित अधिकारी ,घनश्याम मुडभरी , बाबुराम एस के ,सुमित्रा भण्डारी , लोकेश मुडभरी , सरगम श्रेष्ठ ,ईमि लगाएतका कलाकारको अभिनय रहेको निर्देशक तिमल्सिनाले जानकारी दिए ।
उक्त कमेडि सो झरना फिल्म्सको प्रस्तुति रहेको छ । आगामी शुक्रबारबाट सो लाई सार्बजनिक गरिने तयारी भईरहेको बताइएको छ ।
( ट्रेलर सहित )
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline