रोयल ईन्फिल्ड हेरिटेज सम्पन्न

रोयल ईन्फिल्ड हेरिटेज सम्पन्न

  • बुधबार, साउन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

साउन २२ काठमाण्डौं । गते रोयल इन्फिल्ड हेरिटेज राइड सम्पन्न भएको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नक्सालस्थित नयाँ सोरुमबाट प्रारम्भ भएको उक्त हेरिटेज राइडले उपत्यकाका ३ वटा मूख्य सम्पदाहरुको परिक्रमा गरेको छ ।
रोयल इन्फिल्ड इन्डियाका असिष्टेन्ट सेल्स म्यानेजर अभिषेक शुक्ला र रोयल इन्फिल्ड नेपालका हेड अफ अपरेसन मेघराज पौडेलले हेरिटेज राइडको शुभारम्भ गरेका थिए ।
हेरिटेज राइड दरबारमार्ग, न्युरोड, रत्नपार्क, त्रिपुरेश्वर, कुपन्डोल, जावलाखेल, पुल्चोक, मंगलबजार, ग्वार्को, रोयल इन्फिल्ड सोरुम बालकुमारी, कोटेश्वर, ठिमी, सल्लाघारी हुँदै भक्तपुर दरबार स्क्वायर पुगेर समापन भएको थियो ।

royal infild 1
नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिको आयोजनामा उक्त हेरिटेज राइड सम्पन्न भएको हो । हेरिटेज राइडमा ७५ जना रोयल इन्फिल्ड राइडर सहभागी थिए, जसमा महिला राइडरको समेत सहभागिता थियो ।
भक्तपुर दरबार स्क्वायरमा पुगेर विविध गतिविधिका साथ हेरिटेज राइड समापन भएको थियो । टु ह्विल टुरिज्म तथा वल्र्ड हेरिटेज साइटको प्रवद्र्धन गरी नेपालमा पर्यटन व्यवसायलाई थप आकर्षक बनाउनु हेरिटेज राइडको मुख्य उद्देश्य रहेको थियो ।
रोयल इन्फिल्ड एउटा प्रतिष्ठित ‘आइकनिक ब्रान्ड’ मानिन्छ । नेपालमा यसका २१ वटा डिलर र ब्रान्च छन् । उपत्यकामा ७ वटा आधिकारिक सर्भिस सेन्टर र उपत्यका बाहिर ११ वटा थप डिलरको माग भएको छ । कम्पनीले यसै अनुसार आफ्नो डिलर सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको हेड अफ् अप्रेसन मेघराज पौडेलले जानकारी दिनु भयो ।

royal infield 2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी