काठमान्डौ,साउन २६।
नेपाली सांङगीतिक क्षेत्रमा सफल गायिकाको छवि बनाउदै जान सफल गायिका सञ्जिता श्रेष्ठको ‘मरक्कै कम्मर’ बोलको तीज गीत सार्वजनिक भएको छ । हालसालै यु ट्युव मार्फत सार्वजनिक गरिएको मरक्कै कम्मर बोलको तीज गीतले चर्चा बटुल्दै गएको छ ।
चर्चित गायक कमल सुशान्त केसी र गायिका सञ्जिता श्रेष्ठको स्वरमा स्वरबद्ध गरिएको सो गीतमा गायिका सञ्जिता कै शब्द संयोजन तथा गायक केसीकै संगीत रहेको छ ।
उनीहरुको गत वर्षको छम छम पाउजुको तालैमा बोलको तीज गीतले पनि सफलता चुम्न सफल भएको गित हो । यस वर्षको गितलाई पनि गत वर्षको गीतमा जस्तै दर्शक श्रोताले साथ सहयोग र सल्लाह सुझाव दिने आशा रहेको गायिकाले बताएकी छिन् ।
आधा दर्जन बढी गीतमा स्वर दिइ सकेकी गायिका सञ्जिता साङगीतिक दुनियमा आफ्नो राम्रो छवि बनाउने कोसिसमा छिन् । निर्देशक दिपक अधिकारीले निर्देशन गरेको सो म्युजिक भिडियोमा दीपक, भुवन , मुस्कान र विनीताले अभिनय गरेका छन् । यसलाई शुभयात्रा म्युजिक कम्पनीले बजारमा ल्याएको हो ।
नेपाली नारीहरुको महान् चाड हरितालिका तीज नजिकिदै गए सँगै गायक गायिकाहरु तीज गित निकाल्नमा व्यस्त देखिन्छन् ।
(भिडियो सहित)
https://www.youtube.com/watch?v=l9w0vMtgbLY&feature=share