गायक नन्दु राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

गायक नन्दु राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

  • मङ्लबार, साउन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

https://youtu.be/falojZpQgD0

दुबई ,२५ साउन । 
नन्दु राईले यूएईको नेपाली समुदायमा भर्सटाइल गायकको रुपमा परिचय बनाएका छन् । लोक, पप तथा आधुनिक गायनमा दक्षता राख्ने भेडेटार धनकुटाका उनै राईको नयाँ गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।
‘परदेशमा आइयो परदेशी भइयो मन रुन्छ हैरान’ आप्पा र आमा सम्झेर रुँदै त्यो गाउँघरमा झल्झली आउँछ सँगै घुमेको धरान बजारमा’ जस्ता चलनचल्तीका शब्दले सजिएको प्रतिभाशाली गायक राईकै शब्द, संगीत र स्वर रहेको यो गीतमा परदेशी जीवनको वास्तविकतालाई भिडियोमा उतारिएको छ ।

लोकगीत, पपगीत तथा लोकपपगीतको फ्युजन गरी कर्णप्रिय गीत गाउन सिपालु राईले यसपालि आधुनिक गजल विधाको गीतको भिडियो बनाएका हुन् । सुसेली एल्बममा समाविष्ट राईको यो म्युजिक भिडियोमा दुबईका रमणीय स्थानहरु बरदुबई, देरा, आब्रा, यूएईका नेपालीहरुबीच लोकप्रिय स्थलहरुमा छायांकन गरिएको छ । उनको यसअघि सुसेली लाउने बोलको गीत लोकप्रिय भइसकेको छ ।
सोही एल्बममा रहेको कारुणिक गीत पिउन बाँकी छ बोलको गीतको म्युजिक भिडियोको पनि युएईमै छायांकन भइसकेको छ ।

ina and nandu
भिडियोमा गायक राईलाई साथ दिएकी छिन् भोजपुरकी इना राईले । विभिन्न जातीय संघसंस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा परम्परागत जातीय नृत्य गरिसकेकी ईनाले म्युजिक भिडियोमा पहिलोपल्ट काम गर्दा रमाइलो भएको प्रतिक्रिया दिइन् ।
दुबईका रमणीय स्थानहरु क्रिकपार्क, मीनाबजारमा छायांकन गरिएको भिडियोमा साकेला र पहाडी जनजीवनमा आधारित मेलाका दृश्यहरु समेटिएको गायक तथा मोडल नन्दु राईले बताए ।
सफल गायक बन्ने सपना देखेका राईले संगीतको क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेको बताए । पहिलो नेपाली तारामा ९ हजारमा छानिएर ३ सयभित्र परे पनि गायक राईको त्योभन्दा अघि जाने बाटो बन्द भएको थियो ।

एउटा बाटो बन्द भए पनि अरु बाटाहरु खोज्दै नेपाली सांगीतिक आकाशमा आफ्नो नाम दर्ज गर्ने हुटहुटीले राईलाई कहिले छाडेन । पढाइ, करियर र जिम्मेबारीको बोझले राईलाई नेपालमै बसिरहन दिएन र लागे रोजगारीको क्रममा यूएईतिर आजभन्दा सात वर्षअघि ।
यूएईमा पनि उनी चुप लागेर बसेनन् । संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिन यहाँका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहे राई ।
गीतहरु गाइरहे । क्यारिकेचर पनि गर्न भ्याए । उनै नन्दु आफ्नो लोकप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गर्न सफल भएका छन् ।

रेडियो नेपालबाट हरेक शनिबार राति प्रसारण हुने चौतारी कार्यक्रम र पछि रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा बज्ने सांगीतिक कार्यक्रमहरुले उनको संगीतमोहलाई मलजल गरे । नेपाली संगीतका चर्चित गायकगायिकाहरुसँग एउटै मञ्चमा गीत गाएका राईले नेपालमा रहँदा तीन दर्जनभन्दा बढी स्टेज सोमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।
प्रतिभाशाली गायक राईकै शब्द, संगीत र स्वर रहेको यो गीत ओपस स्टुडियोमा रेकर्डिङ गरिएको हो । मोहित मुनालले एरेन्जर रहेको गीत सेन्टिमेन्टल भावमा रहेको यो गीतको रेकर्डिङ रियल टाइममा गरिएको हो । अनुप पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोको छायांकन साहिद न्यौपानेले गरेका छन् ।

nandu and ina
संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिइरहेका राई यूएईका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहेका यो समयका सक्रिय गायक हुन् । सबै प्रकृतिका गीत गाउन पोख्त गायक राई क्यारिकेचर पनि सिपालु छन् ।
लोकआधुनिक, पप, लोकपप तथा गजल विधाका गीतहरुलाई समेटी सार्वजनिक हुन लागेको उक्त एल्बमको गीतहरुमध्ये ‘परदेशमा……’ बोलको गीतको छायांकन विकल्प क्रिएसनका मुनालशिशिर कोइरालको निर्देशनमा भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, युएईका केन्द्रीय सदस्य राई किराँत राई यायोख्या, किराँत याक्थुङ चुम्लुङ, युएई, पथरी शनिश्चरे समाज, युएई, शेर्पा केदुङ, विश्वकर्मा समाज, नेपाली एकता समाज जस्ता विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् । उनै नन्दु आफ्ना अन्य दुई वटा लोकप्रिय गीतको म्युजिक भिडियो सार्वजिक गर्ने तयारी गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी