बिगमार्टका सात जना भाग्यशाली ग्राहक सार्वजनिक

बिगमार्टका सात जना भाग्यशाली ग्राहक सार्वजनिक

  • शनिबार, साउन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

साउन २२ काठमाण्डौं । मेगामार्ट प्रालिद्धारा सञ्चालित बिगमार्टले आफ्नो स्थापना कालको सात वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको सात जना भाग्यशाली ग्राहकहरुको नाम आज सार्वजनिक भएको छ ।

यो अभियान अन्तर्गत जुलाई महिना भरी विभिन्न ६ वटा सामान खरीद गर्ने ६५ हजार ग्राहक मध्यबाट सात जना लक्की ड्र मार्फत सार्वजनिक गरिएको हो ।

नक्साल स्थित स्टोरमा ब्रान्ड म्यानेजर अन्तिम रञ्जितले सार्वजनिक गरेका नामहरुमा विनोद घिमिरे, अशोक लामा, विना भट्टराई, सजिना, अन्जन थापा, सुप्रिम नकर्मि र दिपेन्द्र रम्तेल रहेका छन् ।

उनीहरुलाई दश दिन भित्र परिचय पत्र सहित बिगमार्टको मुख्य कार्यलय लाजिम्पाटमा गएर उपहार लिन म्यानेजर अन्तिम रञ्जितले आग्रह गर्नु भएको छ ।
यो उपहार अन्तर्गत ती ग्राहकहरुले खाद्यन्न लगायतका विभिन्न सामानको खरीद शर्त अनुसार सित्तैमा प्राप्त गर्ने छन् ।
यसैबीच बिगमार्टले आगामी दश अगष्टमा मध्य वानेश्वरमा नया शाखा खोल्दै छ ।
यो शाखा सगै अब राजधानीमा विगमार्टको शाखा १८ पुग्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ