रोयल ईन्फिल्ड राईड नक्साल टु भक्तपुर हुने

रोयल ईन्फिल्ड राईड नक्साल टु भक्तपुर हुने

  • शुक्रबार, साउन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

साउन २१ काठमाण्डौं । भोली साउन २२ गते रोयल इन्फिल्ड हेरिटेज राइड हुने भएको छ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बितरक दुगड ब्रदर्स एन्ड सन्सको आयोजनामा सम्पन्न हुने उक्त हेरिटेज राइड नक्सालबाट भक्तपुर दरबार स्क्वायरमा पुगेर समापन हुने छ । हेरिटेज राइडमा रोयल इन्फिल्ड बाइक राइडरहरु सहभागी हुने छन् ।

हेरिटेज राइड रोयल इन्फिल्डको नक्सालस्थित नयाँ सोरुमबाट विहान ७ बजे प्रारम्भ हुनेछ ।

हेरिटेज राइडले दरबारमार्ग, न्युरोड, रत्नपार्क, त्रिपुरेश्वर, कुपन्डोल, जावलाखेल, पुल्चोक, मंगलबजार, ग्वार्को, रोयल इन्फिल्ड सोरुम बालकुमारी, कोटेश्वर, ठिमी, सल्लाघारी हुँदै भक्तपुर दरबार स्क्वायर पुग्ने छ ।

दरबार स्क्वायरमा पुगेर विविध गतिबिधिका साथ हेरिटेज राइड समापन हुने आयोजकको भनाइ छ । टु ह्विल टुरिज्म तथा वल्र्ड हेरिटेज साइटको प्रबद्र्धन गर्नु नै यसको मूख्य उद्देश्य भएको  कम्पनीका हेड अफ् अप्रेसन मेघराज पौडेलले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ