सप्तरीको तिलाठी क्षेत्रमा नेपाल-भारतका सुरक्षाकर्मी तैनाथ, आवत जावतमा रोक

सप्तरीको तिलाठी क्षेत्रमा नेपाल-भारतका सुरक्षाकर्मी तैनाथ, आवत जावतमा रोक

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

सप्तरी ,१४ साउन ।

सप्तरीको तिलाठीमा बाँध निर्माण गरेपछि तनावपूर्ण बनेको दशगजा क्षेत्रलाई नेपाल र भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

भारतीयले दशगजा मिचेर तिलाठीमा बाँध निर्माण गरेपछि दुईदिनदेखि तनावपूर्ण बनेको निर्माणस्थल भारत तर्फबाट सीमा सुरक्षा बल एसएसबी र बिहार प्रहरी र नेपाल तर्फवाट सशस्त्र र जनपद प्रहरीले विवादित बाँधस्थल नियन्त्रणमा लिएका हुन् ।

दुबै तर्फका सुरक्षाकर्मीले अहिले विवादितस्थलमा सर्वसाधारणलाई जान दिएका छैनन् । आज बिहानैवाट भारतीय पक्षले पुन बाँध निर्माणको कार्यलाई तिब्रता दिएपछि नेपालहरु प्रतिकारमा उत्रेका थिए ।

लगत्तै बाँध निर्माण कार्य भने रोकिएको छ । एकतर्फी रुपमा भारतीय पक्षले दसगजा मिचेर बाँध निर्माण गर्न थालेपछि हिजो रोक्न गएका नेपालीमाथी आक्रमण गरिएपछि आक्रोशित नेपालीहरुले भारतीयले बनाएको बाँध भत्काएका थिए ।

त्यसपछि भएको झडपका क्रममा १२ जना घाइते भएका छन् । जसमध्ये ६ जनाको टाउको फुटेको छ । नेपालीहरु हिडेलगत्तै उनीहरुले बाध निर्माण थालेका थिए ।

यसैबीच , नेपाल र भारतीय नागरिकबीचको विवादका कारण नेपाल भारत सीमा नाका पनि आज बिहानैवाट ठप्प छ । बिहान आफन्तका घर जान भन्दै सिमावर्ती कुनौली बजार गएका ४ जना नेपालीलाई भारतीयहरुले दुर्व्यहार गरेर फर्काइदिएपछि नेपालीहरुले पनि भारतीयलाई नेपाल आउनमा रोक लगाएको छ ।

दसगजामा भारतले एकतर्फी रुपमा बाध निर्माण गरेपछि उत्पन्न बिवादको समाधानको लागि नेपाली र भारतीय अधिकारीबीच वार्ता सुरु भएको छ । बिबादितस्थलको निरीक्षणपछि दुई देशका स्थानीय प्रशासनका अधिकारीहरु समस्या समाधानका लागि वार्तामा बसेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ