कमल सरगम
साउन-१३ काठमाण्डौ
कित महानायक राजेश हमाल संग फोटो खिच्न आतुर हुन्छन राजेशका फ्यान भने कित लोकदोहोरीका गायक पुष्कल शर्मा संग फोटो खिच्न आतुर हुन्छन ।
हो यस्तै कहानी यसपालिको तीजमा पुष्कल शर्मालाई पनि परेको छ ।मन्दिर म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा र जुना बस्यालको तीज कोशेली “सेल्फी हानेको अबस्था”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ति र अर्का बहुचर्चित गायक पुष्कल शर्माको सुमधुर आवाजमा बजारमा आएको यसपालिको तीजको कोशेलीमा लय तथा शब्द भने पुष्कल शर्माकै रहेको छ ।पुष्कल शर्मा र साथीहरुको अभिनयमा तयार भएको भिडियोको निर्देशन भने गुरुआमा (स्मृति तिमिल्सिना)ले गर्नुभएको छ ।सुरेश श्रेष्ठको छायांकनमा तयार भएको भिडियो पुष्कल शर्माकै युटुब च्यानलमा सार्बजनिक भएको छ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस