काठमान्डौ,साउन १०।
पछिल्लो समय व्यस्त गायिकाको छवि बनाउन सफल गायिका अनिता चलाउनेको नयाँ तीज गीत सार्वजनिक भएको छ । हालसालै यू ट्युव मार्फत सार्वजनिक भएको उनको यस वर्षकोे झ्याप्पै बरिलै बोलको तीज गीतले चर्चा बटुली रहेको छ ।
दर्जन बढि गीतहरुमा स्वर दिइ चर्चाको शिखर चुमेकी अनिता यसै गीतको भिडियो मार्फत अभिनयको क्षेत्रमा पनि प्रवेश गरेकी छिन् ।
गायिका चलाउने र पशुपति शर्माको स्वरमा स्वरबद्ध रहेको सो गीतमा शर्मा कै शब्द संगीत रहेको छ ।
गत वर्षको नाँचिदेउ झिल्के भाँचिदेउ कम्मर बोलको तीजको गीत गाएर एकएका चर्चा बटुल्न सफल गायिका अनिताले त्यस यताका दिनमा पछि फर्केर हेर्न परेको छैन ।
मैले अहिले सम्म गाएका गीतहरुमा दर्शक श्रोताको माया पाएकी छु त्यसैले अभिनयमा पनि साथ पाउने आसा छ –अनिता बताउछिन् ।
साथै पहिलो पटक अभिनय गरेकाले क्यामेराको फेस गर्दा अप्ठ्यारो महसुस भएको उनले बताएकी छिन् ।
भिडियो सहित