सुदूरपश्चिममा ७ अर्व खर्च ,चार अर्व ४४ करोड फ्रिज

सुदूरपश्चिममा ७ अर्व खर्च ,चार अर्व ४४ करोड फ्रिज

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

४ साउन,डोटी ।

आर्थिक वर्ष २०७२/०७३ मा सुदूरपश्चिममा कुल वजेट ३७ अर्व ६२ करोड २८ लाख ८९ हजार चार सय ३९ रुपैयाँमध्ये चार अर्व ४४ करोड ९० लाख ६४ हजार दश रुपैयाँ फ्रिज  भएको छ ।

सुदूरपश्चिमका नौ जिल्लामा रहेका कोष तथा लेखा नियन्त्रण कार्यालयहरुले दिएको प्रारम्भिक जानकारी अनुसार कुल वजेटको ८८ प्रतिशत मात्रै खर्च हुन सकेको छ ।

बिनियोजन गरिएको वजेटमा चालु तर्फ भन्दा पुंजीगत तर्फको बजेट बढी फ्रिज भएको कार्यालयहरुसंगको तथ्याँकले देखाएको छ । कुल पुँजीगत वजेट ११ अर्व, ८० करोड आठ लाख १२ हजार सात सय २५ मध्ये नौ अर्व १८ करोड ६३ लाख सात सय ३६ रुपैयाँ अर्थात ७७.८४ प्रतिशत मात्रै खर्च भएको छ ।

चालु तर्फको कुल वजेट २५ अर्व ८२ करोड २० लाख ७६ हजार सात सय १४ मा २३ अर्व ९८ करोड ७५ लाख २४ हजार ६ सय ९२ अर्थात् ९२.८९ प्रतिशत खर्च भएको छ । सूदूरपश्चिमको चालु खर्च तर्फको वजेट पुँजीगत वजेट भन्दा तीन सय १८ प्रतिशतले बढी छ ।

पुँजीगत तर्फको वजेट सवैभन्दा बढी अछाममा फ्रिज भएको छ । अछाममा कुल पुँजीगत वजेट एक अर्व पाँच   करोड ६४ लाख १० हजार दुई सय आठ मध्ये ५९ करोड, ७९ लाख, ४९ हजार नौ सय ८० रुपैयाँ अर्थात् ५६.६ प्रतिशत मात्रै खर्च भएको छ । यस्तै सवैभन्दा वढी बाजुरामा करीव ९० प्रतिशत रकम खर्च भएको देखिएको छ ।

यस्तै डोटीमा ८०.६३, कैलालीमा ८४.२९, कञ्चनपुरमा ८३.७८, बझाङ्गमा ७७.२५, दार्चुलामा ८०.२५, डडेल्धुरामा ७५.२४ र बैतडीमा ६५.५ प्रतिशत मात्रै पुँजीगत तर्फको वजेट खर्च भएको देखिएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा यस क्षेत्रमा सात अर्व १४ करोड तीन लाख ११ हजार तीन सय रुपैयाँ मात्रै संकलन भएको छ । यस क्षेत्रको कुल खर्चको २१.५ प्रतिशत मात्रै राजश्व संकलन भएको देखिएको छ । कैलालीमा सवैभन्दा बढी पाँच अर्व ४९ करोड ५२ लख ८६ हजार संकलन भएको छ ।

यस्तै कञ्चनपुरमा एक अर्व सात करोड ९९ लाख राजश्व संलकन भएको छ । अछाममा १० करोड, डोटीमा १० करोड १५ लाख २८ हजार आठ सय ८४ र बझाङ्गमा पाँच करोड ५४ लाख ५७ हजार आव २०७२/०७३ मा रावश्व संकलन भएको कार्यालयहरुले जानकारी दिएका छन । दार्चुलामा सात करोड ३१ लाख ८७ हजार दुई सय ३९, डडेल्धुरामा ९ करोड, बाजुरामा चार करोड ७६ लाख २२ हजार चार सय ६७ र बैतडीमा नौ करोड ७३ लाख २९ हजार सात सय नौ रुपैयाँ राजश्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयहरुले तयार गरेको प्रारम्भिक तथ्याँक अनुसार यस क्षेत्रको आय व्यय बिवरणको अवस्था यस्ता देखिएको हो । आन्तरिक राजश्व धेरै न्युन संकलन हुनु र केन्द्रवाट आएको वजेट पनि समयमै खर्च हुन नसक्नुले यस क्षेत्रको बिकासलाई प्रभावित पारेको छ ।

कुल राष्ट्रिय खर्च भन्दा सुदूरपश्चिमको वजेट खर्च प्रतिशत भने बढी नै रहेको छ । नेपाल सरकारको आव २०७२/०७३ को कुल खर्च ७१.४७ प्रतिशत रहेको छ । यसमा पुँजीगत तर्फ ५६.३० प्रतिशत र चालु तर्फ ७६ प्रतिशत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी