भूकम्पपीडितको पुनःलगत सङ्कलन गरिदै

भूकम्पपीडितको पुनःलगत सङ्कलन गरिदै

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

भक्तपुर, ३ साउन ।
भक्तपुरमा आज देखि भूकम्पपीडितको लगत सङ्कलन एवम् पुनःसर्वेक्षण कार्य सुरु भएको छ ।

भूकम्प प्रभावित आवास पुनःनिर्माणको लगत सङ्कलन कार्यक्रमका लागि सर्वेक्षणमा सहभागी कर्मचारीलाई आजबाट घरघरमा खटाइएको छ ।

पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित उपत्यका बाहिरका ११ जिल्लाका भूकम्पपीडितको पुनःसर्वेक्षण कार्य सम्पन्न गरिसके पनि उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा भने आजदेखि सुरु भएको हो ।

लगत सर्वेक्षणका लागि सहभागी कर्मचारीलाई हिजो र अस्ती दुईदिन तालिम दिइएको जिल्ला लगत सङ्कलन व्यवस्थानपन कार्यालय भक्तपुरका निर्देशक धु्रवरत्न बज्रचार्यले जानकारी दिनुभयो ।

लगत सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१ जना, सामाजिक परिचालक १२१ जना र प्रति १० जना सामाजिक परिचालक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिने बज्रचायले बताउनु भयो ।

आगामी ४५ दिनसम्म सञ्चालन हुने लगत सङ्कलन एवम् पुनःसर्वेक्षण कार्यमा भूकम्प पछि गरिएको लगत सङ्कलन एवम् सर्वेक्षणमा छुटेका भूकम्पपीडितलाई समेत समावेश गरिने तयारी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी