गायनका साथ साथै अभिनयमा पनि जम्ने कोसिस गर्दै गायिका अनिता

गायनका साथ साथै अभिनयमा पनि जम्ने कोसिस गर्दै गायिका अनिता

  • सोमवार, साउन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमान्डौ,साउन३।

पछिल्लो समयमा व्यस्त गायिकाको छवि बनाउन सफल गायिका हुन अनिता चलाउने ।

गत वर्षको नाँचिदेउ झिल्के भाँचिदेउ कम्मर बोलको तीजको गीत गाएर एकएका चर्चा बटुल्न सफल गायिका अनिताले त्यस यताका दिनमा पछि फर्केर हेर्न परेको छैन ।

दर्जन बढि गीतहरुमा स्वर दिइ चर्चाको शिखर चुमेकी अनिता अभिनयको क्षेत्रमा पनि जम्ने कोेशिसमा छिन् ।

उनको यस वर्षको आज गाउनी हो गीत लाज मान्दिन च्याप्पै बरिलै, थपडि बजाई देउ झ्याम झ्याम उठेर नाच्नी हो झ्याप्पै बरिलै बोलको तीज गीतमा उनी अभिनय पनि देखिदै छिन् ।

आफैले स्वरबद्ध गरेको सो गीतको अभिनय तर्फ उनी पहिलो पटक देखिन लागेकी हुन । उनको अभिनय रहेको तीज गीतको भिडियो आउने तयारीमा छ ।

मैले अहिले सम्म गाएका गीतहरुमा दर्शक श्रोताको माया पाएकी छु त्यसैले अभिनयमा पनि साथ पाउने आसा छ –अनिता बताउछिन् ।

साथै पहिलो पटक अभिनय गरेकाले क्यामेराको फेस गर्दा अप्ठ्यारो महसुस भएको उनले बताएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी