शेयरबजार कारोबारको समय आजदेखि एक घन्टा थप

शेयरबजार कारोबारको समय आजदेखि एक घन्टा थप

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, १ असार ।

शेयरबजार कारोबारको समय आजदेखि एक घन्टा थपिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

नयाँ आर्थिक बर्षको पहिलो दिन देखि नेप्सेमा हुने कारोबारको समय थप एक घन्टा बृद्धि गरी बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्न लागेको हो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्रको दोस्रो बजार कारोबारमा भएको बृद्धि तथा सरोकारवालाहरुको सुझावअनुरुप कारोबारको समय थपिएको बोर्डको भनाई छ ।

धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौटकार्य पूर्ण अभौतिकरुपमा हुने व्यवस्थापश्चात् बजारमा बढ्दै गएको कारोबारलाई हेरी लगानीकर्ताहरुलाई सुविधादिने उदेश्यले एक घन्टाको समयावधि थप गर्ने नेप्सेले निर्णय गरेको थियो ।

साथै, लगानीकर्ताहरुलाई सुविधादिने उद्देश्यले समय थप गरिएकोमा त्यसकोे प्रभावकारीताको लागि दोस्रो बजार कारोबारसँग सम्बन्धित क्लियरिङ बैंकको संख्या थप गर्ने, कारोबार प्रणालीमा सुधार गर्नेलगायतका अरु विषयमा पनि बोर्डले नेप्सेलाई गम्भीर ध्यानाकर्षण गराएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी