म्युजिक खबर म्युजिक अवार्डको पप गायन विधाबाट राजेश हमालले उठाए एस बर्ष अवार्ड

म्युजिक खबर म्युजिक अवार्डको पप गायन विधाबाट राजेश हमालले उठाए एस बर्ष अवार्ड

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

कमल सरगम
असार ३० ,काठमाण्डौ 
नेपाली पप क्षेत्रका चर्चित गायक राजेश हमालले म्युजिक खबर म्युजिक अवार्डको पप गायक विधा बाट उत्कृष्ट गायक अवार्ड हात पाएरेका  छन् ।२ दशक देखि निरन्तर कलाकारिता क्षेत्रमै आफ्नो जीवन अर्पण गरेका पप गायक हमाल सबैका पृय गायक हुन् ।निजासिलो स्वभावका हमाल बढी समाज सेवामा तल्लिन छन ।इभेन्ट म्यानेजमेन्टका चियरमेन समेत रहेका राजेशले पहिले पनि केहि अवार्डहरु हात पारिसकेका छन ।अधिकांश गीतहरुमा आवाज दिएका हमालको प्राय गीत चर्चामा छन ।”कट्दैन चिसो रात”नामक गीत बाट २०७३ कै बर्षकै उत्कृष्ट अवार्ड हात पारेका राजेशलाइ अवार्ड पाउदा कस्तो अनुभब भयो भन्ने प्रश्नमा भन्नुहुन्छ “पहिलेत अवार्डको मनोनयनमा पर्नुनै सबै भन्दा ठुलो कुरा हो  दर्शक स्रोताले गीत कतिको रुचाएका छन् भन्ने हुन्छ र यो अवार्ड मेरो जीवनको एउटा लक्ष्यमा अगाडी बढ्न प्रेरित गर्ने माध्यम पनि हो ।सोहि कारण मैले अवार्ड प्राप्त गरेको छु यो अवार्ड सम्पूर्ण मेरा दर्शक स्रोता र समग्र सांगीतिक क्षेत्रका व्यक्तिहरु संगको साथ्को फल हो”।निरन्तर गीत संगीतमै आफुलाई जीवन अर्पण गर्छु भन्ने कसम खाएका राजेश बिभिन्न देश बिदेशका कार्यक्रमहरुमा हाल निकै व्यस्त छन् ।पुराना निकै चर्चामा रहेका राजेशका गीतहरु मध्ये “निष्ठुरी मायालु”,”नभन मेरो माया”,”के भयो “,”माया देउ”जस्ता बिभिन्न गीतहरु अझै दर्शक स्रोताको मुखाराबिन्दुमा गुन्जायमान छन ।राजेशलाइ आगामी सांगीतिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी