काठमाण्डौ ,३० असार ।
राष्ट्रिय सूचना आयोगले नेपाल वायुसेवा निगमले खरिद गरेका तथा अनुदानमा ल्याएका चिनियाँ जहाजसम्बन्धी सुझाव दिन गठित प्राविधिक समितिले पेश गरेको प्रतिवेदनको सूचना उपलब्ध आदेश दिएको छ ।
आयोगले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाइ यस्तो आदेश दिएको जानकारी दिएको हो ।
चीनले दुई वर्षअघि उपहारस्वरुप दिएका दुईओटा जहाज बिग्रिएर थन्किएपछि ती जहाज नेपालका लागि अनुकुल भएरनभएको, दुई देशबीच भएका सम्झौताहरु, त्यससम्बन्धी पत्राचारलगायतका विषयमा अध्ययन गरी सुझाव दिन गठित प्राविधिक समितिले ती जहाजहरु नेपालमा उडान भर्नका लागि उपयुक्त नभएको प्रतिवेदन दिएको दाबी गरिएको छ ।
पत्रकार सम्मेलनमा आयोगले जिल्ला विकास समितिको कार्यालय मकवानपुरलाई सो कार्यालयले ढुंगा, गिट्टी, बालुवालगायतका वस्तुको वातावरणीय प्रभाव अध्ययन गरेको, ठेक्कापट्टा लगाएको र सोसम्बन्धी गतिविधिको विवरण पनि उपलब्ध गराउन पनि आदेश दिइएको जानकारी दिइयो ।
आयोगले २०७१ पुस ३० गतेदेखि २०७३ जेठ मसान्तसम्म विभिन्न मुद्दामा एक हजार पाँचसय ३७ ओटा आदेश जारी गरिसकेको छ ।