काठमाण्डौ, १७ असार
नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । आजै रातिदेखि लागू हुने गरी निगमले आन्तिरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।
यसअघि १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मूल्य अब ९९ रुपैयाँमा झरेको छ । अब हवाइ इन्धनको मूल्य पेट्रोल कै बराबर भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
अहिले काठमाडौंमा पेट्रोल लिटरको ९९ रुपैयाँकै कारोबार भइरहेको छ । यसैगरी अन्तर्रा्ष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १ सय डलरले घटेको छ । यसअघि प्रतिकिलोलिटर ९ सय ८१ डलर रहेको हवाइ इन्धनको मूल्य अब ८ सय ८१ डलरमा झरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline