काठमाडौं, असार १७।
दक्षिण कोरिया बसेर फर्किएका तर फेरि कोेरिया जान चाहानेले अब अनलाइनबाटै आवेदन फारम भर्न पाउने भएका छन् ।
अनलाइनमार्फत दरखास्त फारम भर्न सफ्टवेयर बनाउने काम अन्तिम चरणमा पुगेको रोजगार अनुमति प्रणाली ईपिएस शाखाले जनाएको छ । कोरियाले यो पहिलो पटक अनलाइन फारम लिन लागेको हो ।
अबको एक महिनाभित्र अनलाइन मार्फत आवेदन फराम भर्न सूचना निकाल्ने तयारी भएको शाखाका प्रमुख डिल्ली बाँस्तोलाले जानकारी दिनुभयो ।
कोरियामा तीन वर्षसम्म काम गरेका, फर्कंदा कानुनी प्रक्रिया पूरा गरेका र ४९ वर्ष ननाघेका व्यक्तिले फेरि कामका लागि कोरिया जान आवेदन दिन सक्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline