शुक्रवार सुन तोलामा एकैपटक ३ हजारले महंगियो

शुक्रवार सुन तोलामा एकैपटक ३ हजारले महंगियो

  • शुक्रबार, असार १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

१० असार, काठमाडौं । सुनको मूल्य आज एकैदिनमा ३ हजार रुपैयाँ बढेको छ । बिहीबार ५६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एकैदिन ३ हजारले बढेर ५९ हजार रुपैयाँ कायम भएको हो ।

यो साता सामान्य घटबढ भइरहेको सुनको एकैपटक मूल्यमा ३ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बेलायत युरोपियन युनियनबाट बाहरिने निश्चित भएपछि सेयर बजारमा पाउण्ड स्र्ट्लिङको मूल्य ओरालो लागेर सुनको मूल्यमा असर परेको हो ।

महासंघका अध्यक्ष मणिरत्न शाक्यले बेलायत यूरोपियन यूनियनबाट अगल हुने जनमत प्कट भएलगत्तै सुनबजार उकालो लागेको बताउनु भयो । नेपालको इतिहासमा सुनको मूल्य एकैपटक यति धेरै बढेको पहिलो हो । यसअघि सुन एकपटकमा २४ सय रुपैयाँसम्म महंगो भएको रेकर्ड थियो ।

उहाकाअनुसार हिजो अन्तर्रा्ष्ट्रिय बजारमा प्रति औंश १२ सय ६३ डलरमा कारोबार भएको सुन आज एकैपटक १३ सय ३६ डलरमा पुगेको हो ।

यसैबीच आज चाँदीको पनि प्रतितोला ३० रुपैयाँ महंगिएको छ । शुक्रबार ७ सय ९० रुपैयाँ प्रतिलोलमा किनबेच भएको चाँदी ८ सय २० रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी