मन्त्रालयगत विनियोजित रकमबारे छलफल गर्न संसद बैठक आजपनि बस्दै

मन्त्रालयगत विनियोजित रकमबारे छलफल गर्न संसद बैठक आजपनि बस्दै

  • शुक्रबार, असार १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ १० असार ।  

व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवन बिहान ११ बजेपछि सुरु हुने बैठकमा आजपनि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसुची रहेको छ ।

बैठकमा सुचना तथा सन्चार, युवा तथा खेलकुद, स्वास्थ्य, भूमिसुधार, कृषि, उद्योग र कानुन न्याय तथा संसदीय मामिला लगायत सात ओटा मन्त्रालयका लागि विनियोजित रकममाथि सांसदहरुले धारणा राख्ने क्रम जारी रहने संसद सचिवालयले जनाएको छ ।

यसअघि हिजोको बैठकमा पनि मन्त्रालयगत विनियोजित रकमबारे छलफल गर्ने कार्यसुची रहेपनि प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बैठक कार्यसुचीमा प्रवेश गर्न सकेन ।

कांग्रेसले भूकम्प पीडितलाई दिने भनिएको प्रतिपरिवार २ लाख रुपैयाँ राहत तत्काल एकमुष्ठ दिन माग गर्दै सदन अवरोध गरेपछि बैठक प्रभावित बनेको हो ।

यस विषयमा आफूहरुले सदनमा आवाज उठाएको नौ दिन बितिसक्दा पनि सरकार गम्भिर नदेखेको भन्दै सरकारको ठोस जवाफ नआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ