काठमान्डौ ,९ असार ।
ब्यावस्थापिका संसदको बैठक भोली बिहान ११ बजेसम्मका लागी स्थगित भएको छ । भूकम्पपछिको पुनर्निर्माणको विषयमा सरकारको जवाफ माग्दै प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले आज संसद बैठक अवरुद्ध पारेपछि भोली सम्मका लागी स्थगित गरिएको हो ।
भूकम्पपछिको पुनर्निर्माणमा सरकारले गम्भिर भएर काम नगरेको र पुनर्निर्माणका सम्पूर्ण संयन्त्रलाई एकलौटी बनाएको आरोप लगाउदै काग्रेसले सरकारबाट स्पष्ट जवाफ नआएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।
पुर्न्निर्माणको बिषयमा सरकारको ध्यानाकर्षण गराएपनि गंभिर नबनेको भन्दै कांग्रेसले बैठक अवरुद्ध पारेपछि सभामुख ओनसरी घर्तीले बैठक भोली बिहान सम्मका लागी स्थगित गर्नुभयो ।
बैठकको सुरुमै बोल्दै कंग्रेस सांसद प्रकाशसरण महतले पुनर्निर्माणका लागि आएको बजेट एनजियो मार्फत परिचालन गरेर सरकारले कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप लगाउनुभयो ।
पुनर्निर्माण प्रधिकरणलाई समेत एमालेकरण गरेको बताउदै उहाँले सम्पूर्ण बिषयमा सरकारबाट कुनै जवाफ नआएसम्म संसदको कामकारवाही अघि बढ्न नसक्ने बताउनुभयो ।
कांग्रेसले भूकम्पपीडितलाई वर्षा अघि नै आवस निर्माण गर्न सहयोग गर्नु पर्ने, क्षतिपुर्ती वापत दिइने भनिएको दुई लाख रुपैयाँ एक मुष्ठ दिनुपर्ने र प्राधिकरणलाई एकलौटी बनाउन नहुने जस्ता माग गर्दै आएको छ । महतले धारणा राखेलगत्तै कांग्रेस सांसदले बैठक अवरुद्ध गरेका थिए ।
संसदमा पछिल्लो समय विनियोजन विधेयकमाथि छलफल भईरहेको छ ।