काठमाण्डौ ,९ असार ।
तराई मधेश लोकतान्त्रिक पार्टीको जारी महाधिवेशनमा अध्यक्ष सहित शिर्ष तीन बाहेकका अन्य पदका लागी आज निर्वाचन हुदैछ ।
नवलपरासिको रामग्रममा गत सोमबारबाट जारी महाधिवेशन अध्यक्ष , वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष गरी शिर्ष तीन पदमा सर्वसम्बती जुटेपनि अन्य पदमा भने निर्वाचन हुने भएको हो ।
अध्यक्षमा महन्त ठाकुर , वरिष्ठ उपाध्यक्षमा हृदेश त्रिपाठी र उपाध्यक्षमा बृजश चन्द्र लाल निर्बिरोध निर्वाचित भएका छन् ।
बाकी दुई उपाध्यक्ष,दुई महामन्त्री ,तीन सहमहामन्त्री र कोषाध्यक्षमा सर्वसम्बन्धीको प्रयास असफल भएपछि आज निर्वाचन हुन लागेको हो ।
महामन्त्रीमा पाँच , सहमहामन्त्रीमा १४ र कोषाध्यक्षमा तीन जना आकाक्षी छन् । आकाक्षीहरुले शिर्ष नेतृत्वले तीन बाहेकका बाकी पदमा सहमतीको लागी गाम्भिर्यता नदेखाएको आरोप लगाएका छन् । उनीहरुले अझै पनि सहमतीको सम्भावना भएको भन्दै निर्वाचन अघिसम्म प्रयास जारी राख्न पनि आग्रह गरेका छन् ।
नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सकिने भएपनि निर्वाचन प्रक्रियाका कारण केहि दिन लम्बीएको हो ।