काठमान्डौ ,९ असार ।
व्यवस्थापकिा संसदको बैठक आज पनि बस्दै छ । विहान ११ बजे पछि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज पनि ७ ओटा मन्त्रालय अन्तरगत विनियोजन विधेयकमाथि छलफल जारी रहनेछ ।
बैठकमा सुचना तथा सन्चार, युवा तथा खेलकुद, स्वास्थ्य, भूमिसुधार, कृषि, उद्योग र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि विनियोजित विधेयकमाथि छलफल हुदै छ ।
पहिलोचरणमा आठ मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल सम्पन्न भएकोमा हिजोदेखि अन्य सात मन्त्रालयमा छलफल सुरु भएको हो ।
आज पनि सांसदहरुले मन्त्रालयगत विनियोजनमाथि धारणा राख्ने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline