काठमाडौं, ८ असार ।
अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएकाहरुको शव लिएर नेपाल एयरलाईन्सको चार्टर विमान नेपालका लागी उडेको छ ।
विशेष टोली सहित आज बिहान काबुल गएको चार्टर विमान मृतम १२ नेपालीको शब लिएर काठमाण्डौका लागी उडेको हो । सो विमान दिउँसो २ः४० बजे काठमाडौं उत्रने भएको छ ।
विमान बिहान ११ बजे काठमाडौं अवतरण गर्ने भनिए पनि तेल भर्न, प्राविधिक कारण र पहिलोपटक विमान पुगेकाले प्रशासनिक कामका कारणले विमान फर्कन ढिला भएको वायु सेवा निगमका फ्याइट अप्रेसन अधिकृत एसपी अधिकारीले जानकारी दिनुभयो ।
सोमबार काबुलमा भएको आत्मघाती विस्फोट १२ जना नेपालीको ज्यान गएको थियो ५ जना घाइते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline