प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित

प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित

  • बुधबार, असार ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ , ८ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आज हुने भनिएको आफ्नो अष्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको छ ।

देशको वर्तमान राजनीतिक सन्दर्भ र पार्टी कामको चापका कारण भ्रमण स्थगित गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

Prachandaमाओवादी अध्यक्ष प्रचण्ड बुधबार मध्यान्ह १२ बजे अष्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो । अष्ट्रेलिया जानुभन्दा केहि घण्टा अघि मात्रै प्रचण्डले भ्रमण स्थगित गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र काग्रेस सभापति शेरबहादुर देउवासँगको भेट लगत्तै उहाले भ्रमण स्थगित गर्नुभएको हो । प्रधानमन्त्रीले अहिले भ्रमणमा जानु त्यति उपयुत्त नहुने सझाव दिएपछि भ्रमण स्थगित गरिएको बताईएको छ ।

नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतीशिल मञ्चको तेस्रो अधिवेशनको कार्यक्रममा सहभागी हुन उनी आठ दिन लामो अस्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो ।

अब प्रचण्डको अनुपस्थितिमा विदेश विभाग सदस्य युवराज चौलागाईं अष्ट्रेलियाको कार्यक्रममा सहभागी हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी