काठमाडौ ८ असार ।
व्यवस्थापिका संसदको बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुदैछ । बिहान ११ बजेपछि संसद भवन नयाँबानेशवरमा बस्ने बैठकमा आजबाट थप ७ ओटा मन्त्रालय अन्तरगत विनियोजन विधेयकमाथि छलफल गर्ने कायसुची छ ।
आगामी असार १७ गतेसम्म हुने विनियोजन विधेयकमाथिको छलफल अन्तरगत पहिलो चरणमा हिजो विभिन्न आठ ओटा मन्त्रालयका लागि विनियोजित रकमबारे सांसदहरुले धारणा राखेका थिए ।
आजको बैठकमा सुचना तथा सन्चार, युवा तथा खेलकुद, स्वास्थ्य, भूमिसुधार, कृषि, उद्योग र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि विनियोजित विधेयकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
आगामी असार १९ गतेदेखि २२ गतेसम्म सम्बन्धित मन्त्रालयका मन्त्रीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसुची छ भने २२ गते नै बजेट पारित गर्ने सचिवालयको तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline