काबुल घटनामा मारिएका नेपालीको शव आज काठमाडौ ल्याइदै

काबुल घटनामा मारिएका नेपालीको शव आज काठमाडौ ल्याइदै

  • बुधबार, असार ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ८ असार ।  

अफगानिस्तानको राजधानी काबुलमा तालीवानी आक्रमणमा परी मारिएका नेपालीहरुको शव र घाइतेलाई लिन १० सदस्यीय सरकारी टोली आज बिहान काबुल पुगेका छन् ।

सरकारी अधिकारी सहितको टोली आज बिहान साँढे ३ बजे नेपाल वायु सेवा निगमको विमानबाट काबुलका लागि प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टोलीमा नेपाली सेनाको मेडिकल टीमसहित चार जना, नेपाल प्रहरीका तीन जना, गृहमन्त्रालयका एक, परराष्ट्र मन्त्रालयका एक र वैदेशिक रोजगार प्रवर्धन बोर्डका एक अधिकारी रहेका छन् ।

शवसहित बिमान बिहान ११ बजे फर्किने कार्यतालिका रहेको छ । विमानको क्षमताले भ्याएसम्म अफगानिस्तानमा रहेका स्वदेश आउन इच्छुक नेपालीलाई समेत ल्याउने तयारी भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार निगमको ठूलो विमान चार्टर गरेकाले त्यसमा १२ जनाको शवसँगै घाइते र नेपाल आउन इच्छुक नेपाली कामदारलाई समेत ल्याउन सकिने क्षमता छ ।

स्लामावादस्थित कार्यवाहक राजदुत तीर्थराज अर्यालको संमन्वयमा अहिले काबुल घटनापछि असुरक्षित महसुस गर्दै स्वदेश फिर्ता हुन चाहने नेपालीहरुको सुची तयार पार्ने काम भइरहेको जनाएको छ ।

यसैबीच आक्रमणमा परी गम्भिर घाइते भएका मध्ये दुई नेपालीलाई उपचारका लागि भारतको दिल्ली लगिएको छ । गम्भिर घाइते मध्ये कृष्णकुमार देउजा र मानबहादुर थापालाई उपचारका लागि भारतको एलेपो अस्पताल लगिएको हो ।

आफगानिस्तानको काबुलमा विद्रोही समुह तालीवानले गत सोमबार गराएको आत्माघाती आक्रमणमा १२ नेपाली सहित १४ जनाको मृत्यु भएको थियो भने सात नेपाली सहित ९ जना घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ