संसदबाट बाफिया अर्थ समितिमै फिर्ता, सार्वजनिक खरिद विधेयक स्वीकृत

संसदबाट बाफिया अर्थ समितिमै फिर्ता, सार्वजनिक खरिद विधेयक स्वीकृत

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाण्डौ ,७ असार ।
व्यवस्थापिका संसद्ले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) मा संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थ समितिमा फिर्ता पठाएको छ ।

sabhamukh Gharti- samsad sampanaनेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त सबैजसो बैंकरहरुले विधेयकमाथि अर्थ समितिले तयार पारेको प्रतिवेदन अनुसार कानून बने बैंक तथा वित्तीय क्षेत्र ध्वस्त हुने चेतावनी दिएपछि संसद्ले सरकारको प्रस्तावमा विधेयकलाई समितिमा फिर्ता पठाएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकका संचालक र अध्यक्षको पदावधि, संस्थापक शेयर परिवर्तन लगायतका सम्बन्धमा अन्र्तराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकता अनुकुल हुने प्रावधान तर्जुमा गर्नुपर्ने भन्दै बाफिया सम्बन्धी प्रतिवेदन अर्थ समितिमा फिर्ता पठाउन प्रस्ताव गर्नुभयो ।
अर्थ समितिले बैंक संचालक सांसद्हरुको स्वार्थ अनुसार विधेयकमाथि प्रतिवेदन तयार पारेको थियो । बैंकका संचालक तथा अध्यक्षको कार्यकाल नतोक्ने, संस्थापक शेयर ७ वर्षमा साधारण शेयरमा परिणत गर्न पाइने र त्यसका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने गरी अर्थ समितिले संसद्मा प्रतिवेदन पेश गरेपछि चौतर्फी विरोध भएको थियो ।

चौतर्फी विरोधका कारण संसद्ले विधेयक र प्रतिवेदनका ११ वटा दफा र उपदफाहरुमा पुनः विचार गर्न निर्देशनसहित विधेयक सर्वसम्मतिले अर्थ समितिमा पठाएको हो।

विधेयकमा बैंक तथा वित्तीय संस्थामा सुशासन कायम गर्न भन्दै संचालकहरुले दुई कार्यकालभन्दा बढी पद्मा बस्न नपाउने, अन्य संस्थामा ५० प्रतिशत लगानी भएका व्यक्ति बैंकको संचालक बन्न नपाउने व्यवस्था गरिएकामा समितिले ती व्यवस्था इच्छाराज तामाङ, उमेश श्रेष्ठ, उदयनेपाली श्रेष्ठ, वीरेन्द्र महतो लगायतका बैंक संचालक सांसद्हरुको स्वार्थ अनुसार हटाएर प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदन तयार पार्ने काममा बैंक संचालक सांसद् स्वयं नै संलग्न थिए । सांसद्हरु आफ्नो स्वार्थसँग जोडिएको विषयमा कानून बनाउने काममा संलग्न भएकामा समेत विरोध भएको थियो।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले प्रस्तुत गरेको ‘सार्वजनिक खरिद(पहिलो संशोधन) विधेयक, २०७२ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

कानुनमन्त्री खरेलले नै ‘न्याय परिषद् विधेयक, २०७३’ लाई सदनमा प्रस्तुत गर्नुभएको छ । यसअघि ‘न्याय परिषद् ऐन, २०७३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद डिल्लीप्रसाद काफ्लेले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

त्यसैगरी, वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको ‘वन (दोस्रो संशोधन) विधेयक, २०७१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई समेत बैठकले स्वीकृति प्रदान गरेको छ ।

बैठकमा वानिज्य, विज्ञान तथा प्रविधि, जनसंख्य तथा वातावरण, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन, सिंचाइ, आपूर्ति, सामन्य प्रशासन र पशुपविकास मन्त्रालयका लागि विनियोजित रकममाथिको छलफल भने आज सकिएको छ । हिजो र आज दुई दिन आठ मन्त्रालयको विनियोजन बिधेयकमाथि छलफल भएको थियो ।

भोलीबाट ससंदमा अन्य मन्त्रालयको विनियोजनमाथि छलफल सुरु हुने छ । संसद बैठक भोली बिहा ११ बजे पुन बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी