प्रधानमन्त्री ओलीले नारायणहिटिको सडकमा यसरी गरे योग

प्रधानमन्त्री ओलीले नारायणहिटिको सडकमा यसरी गरे योग

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, ७ असार ।
अन्तर्राष्ट्रिय योग दिवसका दिन आज राजधानीको नारायणहीटी संग्राहलयको सडकमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

KP-Oliवर्षाको कारण टुँडिखेल हिलाम्य भएकाले नारायणहिटीको सडकमै योग दिवस मनाइएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपि ओली , भारतीय राजदुत रणजीत राय लगायतको उपस्थिती थियो । प्रधानमन्त्री ओली उहाकी पत्नी सहित सपरिवार कार्यक्रममा सहभागी हुनुभएको थियो ।

KP-Oli

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले योगको सुरुवात नेपाली पुर्खा र विद्धानले गरेको बताउनु भयो ।

योग नेपाली भूभागकै उत्पत्ति भएको दावी गर्दै उहाँले स्वस्थ शरीर र स्वस्थ विचारका लागि योग आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले योग दिवसलाई संयुक्त राष्ट्र संघबाट मान्यता दिलाउन पहल गर्ने सबैप्रति आभार समेत व्यक्त गर्नुभएको छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री तथा समितिका संयोजक गिरिराजमणि पोखरेलले योग नेपालको विशिष्टतम् चेतना भएकोले यसलाई विद्यालयस्तरमा विस्तार गर्ने पर्नेमा जोड दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी