संविधान पुनर्लेखनकोे कुरा असम्भव : सञ्चार मन्त्री

संविधान पुनर्लेखनकोे कुरा असम्भव : सञ्चार मन्त्री

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

विराटनगर, असार ७ ।
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले संविधान पुनर्लेखनकोे कुरा असम्भव रहेकोे बताउनु भएको छ । ८२ प्रतिशत सदस्यको हस्ताक्षरसहित पारित गरेको संविधान पुनरलेखनको कुरा सम्भव नभएको उहाले बताउनु भयो ।

प्रेस चौतारी नेपालले आज बिहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अधिकतम मतले जननिर्वाचित संविधान सभाबाट जारी भएको संविधान पुनर्लेखन गर्न नमिल्ने जिकिर गर्नुभयो ।

उहाँले मधेसवादी दलले उठाएका मागका विषयमा सरकार सकारात्मक भएपनि संविधान पुनर्लेखनको कुरा उपयुक्त नभएको टिप्पणी गर्नुभयो ।

संविधान कार्यान्वयनमा सरकार लागि सकेको अवस्थामा फेरि संविधान पुनर्लेखन गर्नु पर्छ भनेर मधेसवादी दलले देशलाई दलदलमा फसाउन चाहिरहेको स्पष्ट हुने उहाँको आरोप छ ।

सरकारले संविधान कार्यान्वयन कार्यतालिका सबै दलसँगको छलफलबाट नै ल्याएको स्पष्ट पार्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ