काठमाडौ ७ असार ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा आजपनि विभिन्न आठ ओटा मन्त्रालयका लागि छुट्याइएको विनियोजन विधेयक माथि छलफल हुनेछ ।
रातो किताब भाग दुई प्राप्त नभएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेपछि केही समय प्रभावित भएको हिजोको बैठकमा विभिन्न विनियोजन विधेयकमाथि छलफल भएको थियो ।
वानिज्य, विज्ञान तथा प्रविधि, जनसंख्य तथा वातावरण, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन, सिंचाइ, आपूर्ति, सामन्य प्रशासन र पशुपविकास मन्त्रालयका लागि विनियोजित रकममाथि आज पनि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
विनियोजन विधेयकमाथि आगामी असार १७ गतेसम्म छलफल हुनेछ । त्यसपछि १९ गतेदेखि २२ गतेसम्म सम्बन्धित मन्त्रालयका मन्त्रीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने तथा २२ गते नै बजेट पारित गर्ने सचिवालयको तयारी छ ।