पोखरा, ६ असार।
जिल्ला जनपरिषद कास्कीले यस क्षेत्र भित्र रहेका बिभिन्न प्राकृतिक तथा ऐतिहासिक सम्पतीको संरक्षणका लागि अपिल गरेको छ ।
पछिल्लो समय कास्की जिल्लामा रहेको ऐतिहासिक महत्वको हिमागृह भाँडामा दिने र्निणय बिरुद्धमा जनपरिषद कास्कीका प्रमुख जगन तिवारीले बिज्ञप्ती मार्फत उक्त कार्य रोक्न माग गरेका छन ।
पोखराको लेकसाईडमा रहेको हिमागृह जोगाउन सबै नेपालीहरु एकजुट भई संघर्षमा उत्रन उनले आह्वान गरेका छन । त्यसैगरि कास्की जिल्ला भित्र रहेका तालहरु, कमल पोखरी, खुँडेपोखरी जस्ता पोखरी कमिशनको लोभका कर्मचारी तन्त्रका केही अख्तियारी पाएका ब्याक्तिहरुले सिद्धाउन खाजेमा पनि जनपरिषद कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।
यस क्षेत्रका नदिनाला,सार्बजनिक जग्गा,वनजंगल मासिदै गएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । पोखरामा बसपार्क लथालिङ्ग बनाएर सुकुम्वासिहरुलाई उठिबास लगाउने काम भएको जनपरिषदले जनाएको छ । अहिले राज्य महगँी कालोबजारीलाई नियन्त्रण गर्न असक्षम भएको जनाईएको छ ।
सेतिनदिको मापदण्ड र फिर्के खोलाको मापदण्ड समेत कायम गराई मापदण्ड बिपरितका संरचना अविलम्व भत्काउन पनि माग गरिएको छ ।
साथै बिज्ञप्तीमा मजदुरहरुलाई औधोगिक क्षेत्रमा सेवा, सर्त र सुबिधाबाट बन्चीत नगराउन, किसानलाई असिना बाट भएको क्षेतिपुर्ति उपलब्ध गराउन, र लामगादी सतिघाट, भरतपोखरीमा रहेको ७५ रोपनी सार्बजनिक जग्गा संरक्षण जस्ता बिषयमा आफुहरुको ध्यानाकर्षण भएको जनाईएको छ ।