सुसान आचार्य /
यु .ए.इ । बाध्यता र बिबस्ताको भुमरीमा परि बिदेशी भुमिमा आफ्नो पसिना र रगत सङ्गै उमेर र जवानी बेच्दै गरेका लाखौ नौजवान नेपालीको बास्तबिक कहानी बुझ्दा सायदै घर देशमा रहने आफन्तको मन थिरमा रहला । संभावना र चुनौतीलाइ पहिल्याउन नसकी साहुको मङ्गो ऋण काटेरै बिदेशी भुमिमा गुलाम बन्न आयका कर्मठ नेपाली उर्जा शक्तिको भगवान भरोसा बनेको काम र मान्नै नसक्ने काम अनुसार को दाम सङ्गै अनेकौं पिडाको जञ्जालमा नचाहेरै पनि रमायका छन तमाम नेपाली मनहरु। देखेको र सुनेको जस्तो कहा छ र लाहुरे जिबन ..?अरुकै खटन अरुकै आसा आफ्नो केबल झिनो सपना अनि त्यसैको भरोसा ।न दिनको भोक न रातको निद्रा न जिबनको न कुनै मनको रहर केबल चल्छ त अरुकै कर । गलेको होस कि थाकेको ,काम नगरी धर हुदैन यहा ,बिरामी होस या अनगिन्ती पिडा स्वदेश फर्कन भर हुदैन यहा ।बिहानै उठयो मिठो नमिठो काचो होस या पाकेको दुइ गास टपक्क टिप्यो अनि लाग्यो आफ्नो पसिनाको ब्यापार गर्न । न कतै खाजा न नास्ता केबल त्यही दुइ गास को भरमा दिन भरी काम गर्यो अनि बेकुका लखतरान भयर आयो त्यही कोठिमा । यहा जस्ले जतिसुकै चिल्ला कुरा गरेनी अधिकाम्स को कहानी फरक पर्दैन । भलै काम र दाम फरक होला तर जिबनी एउटै हो । दिन भरी काम गर अनि कत्ति चाही रातभर जागा बस न काम को जस न कतै नाम आउछ त केबल गाली र अपमान ।चाहे जस्तरी काम गरेनी पराइको मन बुझाउन कहा सजिलो हुन्छ र ..? आफ्नो सबै चहाना मारेर पनि अरुलाइ खुशी पार्नुपर्न यो बिडम्बना कसलाइ सुनाउने कस्ले सुन्ने यहा ..? चाडबाड आउछ घरदेशमा मन पोल्छ प्रदेशमा त्यसोत अरु विकल्प पनि त कहा थियो र स्वदेश मा रमाउने ।
आफ्नो सस्कार र रितिरिवाज लाइ भुलेरै पनि अरुको सस्कार मा रमाउन बिवस हुनु कहा सामान्य हो र । चाहेर होस या नचायरै भयनी हर्यक बिदेशी चाडपर्व को सम्मान र अनुसरण गर्नुपर्छ यहा बाच्न्कै लागी पनि । बल्ल बल्ल काम गर्यो महिना पुरा हुन्छ धेरै थोर रुपैयाँ त आउछ तर त्यही पापी साहुको अनुहार आखै अगाडि अनि सबै पैसा त्यही साहु र घरदेसमा परिवार पाल्न पठायो यहा बिदेश मा कुल्ली को हालत त फ़ेरि उस्तै न हो ।भयको अलिकति रुपैयाँ केहि दिनमा नै सकिन्छ अनि उ त्यो पाकेको र सजायको त मन मनै खाने हो मन बाट नै लाउने हो । तिमिले सोचे जस्तो फेरियको हुदैन महिनै पिच्छे कपडा प्रदेशमा त्यो ता लाउन नपायर नया देखियको । देखाउन समय पनि त कहा हुन्छ र । फ़ेरि एक जोर लुगा फाट्न पनि बर्सौ लाग्छ यहा ।तिमिलाइ देखाउन भयनी उस्ले बल्ल एउटा फोटो खिच्छ त्यही नया लुगा लगायर राम्रो बगैचा अनि चिल्लो बाटो र राम्रो कार नजिक बसेर अनि त्यसैमा चित्त बुझाउछ आफ्नो र आफन्तको । तर बास्तबिका कहा होर यो ..?तिमिले कसरी देख्न सक्नु अनि उस्ले कसरी देखाउन सक्नु त्यो साघुरो कोठा ,त्यो भुइमा ओछ्यको एउटा म्याट अनि एउटा पानीको बोतल छेउमा त्यही पर कुनामा केहि पकाउने भाडा अनि केहि पोका जुन भोली पल्ट पेट भर्न लाइ राखेको छ ।अझ रातभरि खायको उडुस र उपिया अनि लामखुट्टे को टोकाइ त चाहेर पनि कसरी देखाउनु । त्यो तिमिले फेस बुकमा देखेको फोटो बास्तबिक कहा होर त्यो ता महिनामा एक पल्ट साइत हेरि हेरि रेस्टुरेन्ट छिरेर खाना खायको फोटो हो ।
कठै ,काम गर्दा गर्दै प्लास्टिक मा दाल र भात सडक को छेउमा बसेर खायको फोटो कस्ले देखाउने तिमिलाइ । त्यो गाडी उस्को हैन त्यो ता पैसा हुदा चढेको ट्याक्सी हो ,गोजिमा एक रुपैयाँ नहुदा चप्पल पड्काउदै तातो घाममा घन्टौ हिडेको कुरा कस्ले भन्ने कस्ले सुन्ने …? बिरामी हुदा औसधि सम्म खान नपायर लडेका अनि काम गर्दा गर्दै हात खुट्टा झरेका फोटा त न उ हाल्न सक्छ न तिमि हेर्न सक्छौ हो यहि भित्र छ प्रदेसी जिबन र प्रदेसिको कहानी । भन्नेले त सहजै भन्लान नि रहरले गयको बल्ल चालपाइस तर गुलाम बन्ने रहरता कस्लाइ पो लाग्ला र . ? जब उता घर देशमा चाडबाड आउछ तब प्रदेश मा मन जल्छ अनि पोल्छ तप तप प्लास्टिक को आगोले झै पिरले ।
अझ तिमिले रातो टिका र जमरा अनि मखमली र सप्तरङ्गी टिका लगाइ खिचेको फोटो फेस बुकमा हाल्दा त काम गर्दै गर्दा पनि एक हातले आसु पुस्दै अर्को हातले सुभकामना लेख्छ प्रदेसि यो कहानी यहा कस्लाइ सुनाउने कस्ले सुन्ने ..? महिनामा कहिले कहि घरमा फोन गर्छ अनि घर बाट के छ भन्दा पिडा पोको पार्दै ठिक छ भनेको कुरा कस्लाइ भन्नु ।
तिमिले सोचे झै सधै मासुभात कहा हुन्छ र बिदेश मा कहिले कहि तरकारी नहुदा त्यही “बासी भातमा नुन हालेर खायको कुरा भन्न नसकी फेसबुकमा डिनर आज रेस्टुरेन्ट मा “लेखेको स्टाटस पढ्दा घर देश मा तिम्रो मन लोभिदो हो तर कसरी भन्न सक्नु यो कहानी । रातभरि आखा मिची मिची गेटमा कुरेर बस्छ उ अनि एउटा फोटो खिचेर हाल्छ उता तिमिले सोच्छौ कस्तो राम्रो जागिर के थाहा तिमिलाइ एउटा सानो गल्ती हुदा (च्वाट्ट )तलब काटेको अनि उ रोयको केबल त्यो पिडा सम्झेर काम गर्दाको पिडा ।
के गर्न यहा आफन्त ,याद ,सम्झना ,अनि माया र भरोसा त सबै घर देसमा रहयो अनि कहा भेटिन्छ र यहा अलासिन सुख त्यो बनावटी हासो त नक्कली न हो जुन खुलेर देखाउन धेरै गार्हो हुन्छ त्यसैले त मन मारेरै भयनी गुम्स्यायर राख्छन यहा । तिमिले देख्ने त्यो नक्कली हासो भित्र लुकेका तस्ता अनगिन्ती कहानी कत्ति हो कत्ति नेपाली गुलाम को बिदेशी भुमिमा ।।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline