काठमान्डौ असार ६ ।
तराइ मधेश लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आज बाट सुरु हुदैछ । नवलपरासीको रामग्राममा हुने महाधिवेशन ३ दिन सम्म चल्ने छ ।
महाधिवेशनको उद्घाटन अपरान्ह १२ बजे गर्ने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक जितेन्द्र सोनलले जानकारी दिनु भयो ।
प्रधानमन्त्री केपी ओली, सबै दलका नेता लगायत विदेशी प्रतिनिधि पनि सहभागि हुने उक्त पार्टीले जनाएको छ ।
महाधिवेशनमा काठमान्डौ उपत्यका सहित तीन जिल्ला सहित एक हजार भन्दा बढि प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
तमलोपाले पार्टी स्थापना भएको नौ वर्ष पछि पहिलो पटक महाधिवेशन गर्न लागेको हो । महाधिवेशनले विधान संशोधन तथा परिमार्जन गर्दै नीति तथा कार्यक्रम पारित गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline