काठमाडौ ६ असार ।
व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा आज विभिन्न आठ ओटा मन्त्रालय अन्तरगत छुट्याएका रकमबारे सांसदहरुले धारणा राख्ने कार्यसुची रहेको छ ।
सरकारले गत जेठ १५ गते सदनमा प्रस्तुत गरेको बजेटमाथि जेठ ३१ गते नै सैद्धान्तिक छलफल सुरु भएको भएपनि संसद सन्चालन नियमावलीमा सहमति जुटाएर मात्र विनियोजन विधेयकमाथि छलफल गर्ने दलीय सहमति अनुसार छलफल एक साता पछिका लागि सारिएको हो ।
आजको बैठकमा वानिज्य, विज्ञान तथा प्रविधि, जनसंख्य तथा वातावरण, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन, सिंचाइ, आपूर्ति, सामन्य प्रशासन लगायतका मन्त्रालयका लागि विनियोजित रकममाथि छलफल हुने संसद सचिवालयका सहयक प्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिुनभयो ।
विनियोजन विधेयकमाथि आगामी असार १७ गतेसम्म छलफल हुनेछ । त्यसपछि १९ गतेदेखि २२ गतेसम्म सम्बन्धित मन्त्रालयका मन्त्रीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने तथा २२ गते नै बजेट पारित गर्ने सचिवालयको तयारी छ ।