बझाङ, असार ५।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले धर्म्निरपेक्षता र धार्मिक स्वतन्त्रताका कारण नेपालीको वास्तविक पहिचान र राष्ट्रियता संकटमा परेको बताउनु भएको छ ।
उहाँले नेपालमा धर्म निरपेक्षता र संघीयता आवश्यकता नरहेको समेत दावी गर्नुभएको छ । केही ठुला दलहरुले नागरिकको भावना र मर्म विपरित संघीयता र धर्म निरपेक्षता लादेको उहाँले बताउनुभयो ।
बझाङको सदरमुकाम चैनपुरमा आज भएको कायक्रममा उहाँले योजना बद्ध ढंगले सांगठनिक रुपमा सोझा साझा नागरिकलाई लोभ र भ्रममा पारेर धर्म परिवर्तन गराउने अभियान चलेको आरोप उहाँले लगाउनुभयो ।
राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापाले केही विदेशी शक्तिको आडमा नेपालको सनातन धर्ममाथि प्रहार गरी धर्म सिध्याउने खेल भईरहेको आरोप समेत लगाउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline