काठमान्डौं,असार ५ ।
विना कारण झुठा आरोपमा आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको प्रति अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
संघले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघ चितवनका जिल्ला संयोजक पुरन राईलाई विना कारण गिरफ्तार गरिएको प्रति ध्यान आकर्षण भएको जनाएको हो ।
संगठनले आफ्ना गिरफ्तार भएका कार्यकतालाई विना शर्त रिहाई माग समेत गरेको छ । आफ्ना निर्दाेष नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तारी गरी अनाश्यक यातना दिन नमिल्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै संगठनले गिरफ्तार भएका नेता कार्यकर्ता राईको यथाशिघ्र रिहाइको माग गर्दै यदि यसो नभएमा संगठन कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत संगठनले दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline