व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली बहुमतले पारित

व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली बहुमतले पारित

  • आइतवार, असार ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ, असार ५।

व्यवस्थापिका संसदको आजको बैठकले बहुप्रतिक्षित ’व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली’ बहुमतले पारित भएको छ ।

आज बसेको बैठकमा नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले मस्यौदा प्रतिवेदन माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव राखेका थिए । सोही अनुसार बैठकले मस्यौदा छलफल पछि पारित गरेको छ ।

बैठकले संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने व्यवस्था समेत गरेको छ । यसअघि समिति ७५ सदस्यीय हुने या १५ सदस्यीय हुने भन्नेमा सत्ता नेतृत्वकर्ता नेकपा एमाले र प्रमुख प्रतिपक्ष कंग्रेसविच विवाद हुँदै आएको थियो । बैठकमा कानुनन्याय तथा संसदीय विकास मन्त्री अग्नी खरेलले ‘संविधान कार्यन्वयन कार्ययोजना’ संसदमा पेश गरेका छन् ।

उक्त कार्ययोजनामा भाषा आयोग गठन गर्नेदेखि प्रदेश प्रमुखको नियुक्ती र प्रदेशको कार्य संचालन सम्बन्धी अन्य व्यवस्था बारे उल्लेख गरिएको छ । कार्ययोजनालाई केही दिन अगाडी मन्त्रीपरिषद्ले पास गरेको थियो ।

यसैविच संघीय गणतान्त्रिक मोर्चाले आजको संसद बैठक पनि बहिष्कार गरेको छ ।

आज सभामुख ओनसरी घर्तिमगरले सदनको कारबाही शुरू गर्नासाथ मधेसी मोर्चा लगायतका आन्दोलनरत दलका सांसदले उठेर विरोध जनाएका थिए ।

सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म सदनको बैठक बहिष्कार गर्ने भन्दै आज पनि बैठक बहिष्कार गर्दै उनीहरु बाहिरिएका हुन । संसद बैठक भोली बिहान ११ बजे पुनः बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ