काठमाडौ ५ असार ।
लामो समयदेखि विवादित बनेको व्यवस्थापिका संसद सन्चाल सम्बन्धी नियमावलीमा सहमाति जुटाउने प्रयास स्वरुप दलहरु आज पनि छलफलमा जुट्दैछन् ।
भोली बस्ने संसद बैठक अघि विवादित विषयमा सहमति जुटाउने पहल स्वरुप सत्तारुढ र विपक्षी दल सम्मिलित कार्यदल छलफलमा जुट्न लागेका हुन् ।
सिंहदरबारस्थित एमाले संसदिय दलको कार्यलयमा अपरान्न ४ बजेपछि बस्ने बैठकमा संसद बैठक बस्नु अगावै दलहबीच देखिएको विवाद समाधान गर्ने विषयमा छलफल हुने बताइएको छ ।
संसदीय सुनुवाई समितिमा नयाँ संविधानले व्यवस्था गरे अनुरुप १५ सदस्यीय हुनुपर्ने सत्तापक्षको अडान छ भने प्रतिपक्षी दल कांग्रेसले पुरानै वयवस्था अनुसार ७५ सदस्यीय बनाउनु पर्ने बताउदै आएको छ ।
दलहरुबीच सहमति जुट्न नसक्दा नियमावली बन्न नसकेपछि लामो समयदेखि संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ती तथा विभिन्न देशमा सिफारिस भएका राजदुत नियुक्तीको प्रक्रिया अन्योलमा परेको छ ।