काठमाडौ, ३ असार ।
नेकपा माआवादी केन्द्रको सांगठनिक कार्य विभाजनका लागि इन्चार्ज छनोट गर्न भन्दै आज बोलाइएको हेड क्वाटर बैठक स्थगित भएको छ ।
आन्तरिक तयारी नपुगेको भन्दै आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पर्सिसम्मका लागि स्थगित गरिएको पेरिसडाँडा स्रोतले जनाएको छ ।
बैठकले प्रदेश, जिल्ला र मोर्चाको एकता भेला लगायतको जिम्मेवारी बाडफाड गर्ने गरी प्रादेशिक इन्चार्ज र सह इन्चार्ज छनोट गर्ने तयारी गरेको थियो ।
एक महिना अगाडि नै ११ सय पार्टी सदस्यीय घोषणा गरेको माओवादी केन्द्रले अहिले सम्म सांगठनिक कार्य विभाजन भने गर्न सकेको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline