सहमतिका लागि हाम्रो पार्टी बाधक छैन : गजुरेल

सहमतिका लागि हाम्रो पार्टी बाधक छैन : गजुरेल

  • शुक्रबार, असार ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ३ असार ।
कृषिमन्त्री हरिबोल गजुरेलले सहमतीय सरकारका लागि आफ्नो पार्टी र नेता बाधक नबन्ने बताउनु भएको छ । नेकपा माओवादी केन्द्रका सदस्य समेत रहनु भएका गजुरेलले सहमति बिना सरकार सञ्चालन र संविधान कार्यान्वयनमा अप्ठ्यारो परेको बताउनु भयो ।

प्रेस सेन्टर लमजुङले आज बिहान सदरमुकाम बेसीशहरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संविधान कार्यान्वयनको लागि सहमतीय सरकार आवश्यक रहेको त्यसका लागि आफूहरुको बाधक नबन्ने जिकिर गर्नुभयो ।

प्रतिपक्षी दल कांग्रेस पनि सहभागी हुनैपर्ने उहाको भनाई छ । कांग्रेससँग १ तिहाई मत रहेकाले कांग्रेस सहमतिमा नआउँदासम्म जटिलताको अन्त्य नहुने गजुरेलले बताउनु भयो ।

उहाले सरकारको नेतृत्व कस्ले लिने भन्ने विषयमा खुल्ला छलफल गर्न सकिने भन्दै दलहरुबीचको अस्वस्थ्य प्रतिष्पर्धाले संविधान निर्माणको समय भन्दा जटिल परिस्थिति उत्पन्न भएको धारणा राख्नुभयो ।

मन्त्री गजुरेलले कृषिलाई मर्यादित बनाउन आफूले २७ बुँदे कार्यक्रम ल्याएको चर्चा गर्दै पकेट क्षेत्र घोषणा गर्न बजेट बिनियोजन भएको बताउनु भयो ।

उहाँले चालु आर्थिक वर्षदेखि नै कार्यक्रम लागू हुने भएकाले अब खेतहरु बाँझो नरहने दावी समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ